Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

नेकपा जनवादी एकीकृत समाजवादीमा समाहित

पुस १३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी) बीच एकता भएको छ।

एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एकीकृत समाजवादी) सँग माओवादीबाट अलग्गिएर बनेकाे देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) ले मंगलबार एकता घोषणा गरेका हु

माआवोदी केन्द्रले बनायो देव गुरुङको नेतृत्वमा कार्यदल

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा सबै ‘क्लस्टर’ लाई समावेश गराउन समिति गठन गरिएको छ। स्थायी समिति सदस्य देव गुरुङको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो।

मंगलबार बिहान प्रज्ञा भवनमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले केन्द्रीय समितिमा स

एनआरएनएको विधान संशोधन गर्ने तयारी

पुस १३, काठमाडौँ | प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्नेमा स्थगित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन गराउन विधान संशोधनका लागि तदर्थ समिति गठन गर्ने तयारी थालिएको छ।

बारम्बार मिति तोक्दा पनि निर्वाचन हुन नसकेपछि एनआरएनएमा उत्पन्न विवादलाई समाधान गर्न लागि न

माओवादी नेता पुन र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उपचारका क्रममा चीनको सेन्जेनमा रहेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग भेटवार्ता गरेका हुन् ।

अमेरिकाको मेट्रो क्षेत्रमा गोलीकाण्ड, चारको मृत्यु

एजेन्सी | अमेरिकाको मेरिकाको डेनभर मेट्रो क्षेत्रमा गोलीकाण्ड भएको छ। गोलीकाण्डमा परी चारजनाको मृत्यु भएको छ भने एक प्रहरी अधिकृत घाइते भएको अधिकारीहरूले जनाएका छन्। गोलीकाण्ड मच्चाउने व्यक्ति पनि मारिएको उनीहरूको भनाइ छ।

‘डेनभर शहर र काउन्टीका चारवटा स्थानमा गोली चलेको हो,’ डेनभ

म्यानमारका सेलिब्रेटीलाई जेल सजाय

एजेन्सी | म्यानमारमा सरकारविरोधी आन्दोलनमा सहभागी भएको अभियोगमा चर्चित सेलिब्रेटीलाई सेनाको जुन्ता सरकारले जेल सजाय सुनाएको छ। मोडल तथा नायक पाइङ टाकहोनलाई तीन वर्ष जेल सजाय सुनाएको हो।

टाकहोनका लाखौं प्रशंसक छन्। उनले सरकारविरोधी प्रदर्शनमा सक्रीय सहभागीता जनाउनुका साथै सामाजिक

माओवादी केन्द्रको महाधिवेशनमा कार्कीको पुरक प्रस्ताव

पुस १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि पूरक प्रस्ताव पेस गरेका छन्। नेता कार्कीले पूरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने उल्लेख गर

महाधिवेशनस्थलमै माओवादी केन्द्रको स्थायी कमिटी बैठक

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटी बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।

बैठकमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत स्थायी क

एमाले पार्टी कार्यालयमा शव फेलापछि…!

पुस १३, काठमाडौँ | नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एकजना व्यक्तिकाे शव भेटिएकाे छ। प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् ।

उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश

आजबाट छापिँदै ड्राइभिङ लाइसेन्स

पुस १३, काठमाडौँ | यातायात व्यवस्था विभागले कार्ड आइपुगेको करिब एक महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)  छपाइ सुरु गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा आज मंगलवार दिउँसो ३ बजेबाट छपाइ सुरु गर्न लागिएको हो।

मंसिर पहिलो साता १४ ला

हत्या आरोपमा सिगासका एक युवक पक्राउ

पुस १३, काठमाडौँ | इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ । सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ऐरलाई प्रहरीले घर न

तीन जना (एसपी) सहित १ हजार १ सय ४५ प्रहरी कारबाहीमा

पुस १३, काठमाडौँ | पाँच महिनाको अवधिमा १ हजार १ सय ४५ जना प्रहरी कारबाहीमा परेका छन् । तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित १ हजार १ सय ४५ जनालाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन् पाँच