पुस १३, काठमाडौँ | नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एकजना व्यक्तिकाे शव भेटिएकाे छ। प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् ।

उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ ।

मृतकको अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ।

एमाले पार्टी कार्यालयमा शव फेलापछि…!
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment