सुनचाँदीको मुल्य घट्यो

Sajha Sabal
1 Min Read

काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ९ सयले घटेर तोलाको २ लाख ८९ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर तोलाको ४५८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६०५ मा कारोबार भएको थियो ।

Share This Article