2026-10-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

2026-07-06

काठमाडौँ | गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान २ बजेतिर जिल्लाको रेसुङ्गा –८ गजुरामा तम्घास–रेसुङ्गा सडकखण्डमा पोखरीबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज १५२८ नम्बरको सफारी जिप बिरुवाको जालीमा ठोक्किएर दुर्घना हुँदा ४ जना घाइते भएका थिए। रेसुङ्गा नगरपालिका–२ बाघमारे घर भइ हाल रेसुङ्गा– ८ बसपार्क बस्दै आएका १६ वर्षीय सुदीप नेपालीको मृत्यु भएको हो। उनको उपचारका क्रममा पाल्पामा मृत्यु भएको थियो।

दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका–१ घर भइ हाल गुल्मी बसपार्क बस्दै आएका १७ वर्षीय अर्जुन बुढाथोकी, बागलुङ भिमगिठ्ठे घर भइ हाल रेसुङ्गा नगरपालिका–८ बसपार्क बस्दै आएका १८ वर्षीय गणेश परियार र रेसुङ्गा–९ चारीखोलाका १८ वर्षीय आयुष गैरे घाइते छन्। उनीहरु सबैको गुल्मी जिल्ला अस्पताल तम्घासमा उपचार जारी छ।

चार घाइते मध्य मृतक नेपालीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट पटक थियो। गम्भीर घाइते उनलाई जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पास्थित मेडिकल कलेज प्रभासमा रिफर गरिएको थियो। उपचारका क्रममा उनको त्यही मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए।

भ्यूटावर अवलोकनका लागि सफारी जिपमा कुल ६ जना सवार रहे पनि दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु