चैत ३०, काठमाडौं | नेपाल राष्ट्र बैंकले बुधबार टहीदर अघिल्लो महिनाको तुलनामा बढेका छन् । आज अमेरिकी डलर १ को खरिददर १०४.१२ पैसा रहेको छ भने बिक्रीदर १०४.७२ पैसा रहेको छ ।

त्यस्तै आज एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७६ पैसा र विक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५९ पैसा र विक्रिदर २८ रुपैयाँ ७५ पैसा छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८६ पैसा र विक्रिदर २७ रुपैयाँ १ पैसा छ ।

त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र विक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । कुवेती दिनारको एकको खरिददर ३ सय ४७ रुपैयाँ १७ पैसा छ भने विक्रिदर ३ सय ४९ रुपैयाँ १७ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ १३ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ७२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हेर्नुहोस् सबै देशको विनिमय दर के -कति छ ?