पुस २६, काठमाडौं | बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार लगातार भाउ घटेकोमा बुधबारदेखि भने विदेशी मुद्राको भाउ उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०४ पैसा तोकेको छ । बुधबार डलर १ को खरिददर ११२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ६३ पैसा थियो ।

नेपाल राष्ट्र बैंकले बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३० रुपैयाँ १३ पैसा तोकेको छ । हिजो बुधबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०३ पैसा थियो ।

आज बिहीबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा तोकिएको छ । हिजो कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा तोकिएको थियो ।

युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९० पैसा तोकिएको छ ।

हिजो बुधबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा, मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २० पैसा र बिक्रीदर २७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५३ पैसा रहेको थियो ।

त्यस्तै बहराईन दिनार १ को खरिददर २९८ रुपैयाँ २६ पैसा र बिक्रीदर २९९ रुपैयाँ ८५ पैसा तोकिएको छ । कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा तोकिएको छ ।

हिजो बुधबार बहराईन दिनार १ को खरिददर २९७ रुपैयाँ १६ पैसा र बिक्रीदर २९८ रुपैयाँ ७५ पैसा तोकिएको थियो भने कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ रहेको थियो ।