2026-10-17 12:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

माघ २१, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ । सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार र शनिबार,  ५ र ६ फेब्रुअरी २०२१ मा दमामको देहायको स्थान र समयमा अस्थायी कार्यालय सञ्चालन गरिने भएको हो ।

ग्रिन सपिंग सेन्टरसंगै रहेको मुगल रेस्टुरेन्ट दमाममा (पुरानो अल खयाम रेस्टुरेन्ट) https://goo.gl/maps/ffw7cMGJAWRG3kzEA (लोकेशन थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोस )बिहान ८ बजे देखि अस्थायी कार्यालय सञ्चालन गरिनेदूतावासले जनाएको छ । लिष्टमा नाम भएका सेवाग्राहीहरूले राहदानी आवेदनका लागि आउँदा आवस्यक कागजात लिएर आउनु पर्ने छ । 

यसरी आउँदा सक्कल राहदानी,राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति,नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) साथमा लिएर आउनुपर्ने छ ।

त्यस्तै राहदानी दस्तुर साउदी रियाल- २००। लाग्ने छ भने,हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४०० लाग्ने दूतावासले जनाएको छ । दूतावासका अनुसार,पछिल्लो समय साउदी अरबमा कोरोनाभाइरसको संक्रमण फैलिंदै गएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने भन्दै एक घण्टामा १५ जनासम्मको मात्र (उदाहरणको लागि लिष्टको सिरियल नं. २० मा नाम भएको व्यक्ति बिहान ९ बजेर ३५ मिनेटमा उपस्थित हुने) राहदानी आवेदन संकलन गर्न सकिने छ ।

यसरी आउँदा राहदानी आवेदकहरू मात्र आउनु दूतावासको अनुरोध छ ।

राहदानीका लागि आवेदन दिएका सेवाग्राहीहरुको नामावली हेर्नुहोस :

No photo description available.No photo description available.No photo description available.No photo description available.

No photo description available.

May be an image of text that says

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु