<p>माघ १, काठमाण्डौं | नेपाल राष्ट्र बैंकका गभर्नर श्रीमान् डा. चिरंजीबि नेपालले सनराइज बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सनराइज बैंकको अध्यक्षमा दुगड गत पौष २९ मा भएको बैंकको साधारण सभावाट पुनः संचालकमा निर्वाचित भई सर्वसम्मतवाट अध्यक्ष चुनिएका हुन् । </p><p><img src="http://sajhasabal.com/uploads/posts/1db66c51e2a0b25f6b128594f93538b41547559218.jpg" style="width: 921px;"><br></p><p>सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण प्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु लगायत सनराइज बैंकका नवनिर्वाचित संचालक शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायव महाप्रबन्धकद्धय अपछकुमार यादव र रविन नेपाल तथा कम्पनी सचिव ईश्वरकुमार पाठक उपस्थित रहेका थिए ।</p>
