बैशाख ११, काठमाडौं । बुधबार सुनको मुल्य १ सयले घटेको छ ।

मंगलबार प्रतितोला ५९ हजार ३ सयमा कारोबार भएको छापावाला सुन बुधवार ५९ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ५८ हजार ९ सय कायम भएको छ।

त्यसैगरी चाँदी प्रतितोला ७ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।