2026-10-15 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कुस्तीका राष्ट्रिय खेलाडी विष्ट गम्भीर बिरामी

वैशाख  ११, सुर्खेत (रासस) | नेपालगञ्जमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी एक खेलाडीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । कुस्ती खेलको निर्णायकको भूमिका निर्वाह गरिरहनुभएका सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय निर्मल विष्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । विष्ट कुस्तीका राष्ट्रिय खेलाडी हुनुहुन्छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सहजीकरणमा विष्टको काठमाडौँ बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले ६० दिनभित्र कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएकाले आर्थिक स्रोत जुटाउन लागिरहेको उहाँका छिमेकी ऋषि गिरिले जानकारी दिनुभयो । “परिवारको आर्थिक अवस्था कमजोर छ, एउटा राष्ट्रियस्तरको खेलाडीले आर्थिक अभावकै कारण अकालमा मर्नुपर्ने अवस्था आउन नदिन सहयोग जुटाउन लागिरहेका छौँ”, गिरीले भन्नुभयो, “राखेपका साथै प्रदेश सरकारसँग पनि सहयोग मागेका छौँ ।” 

निर्मलको जीवन रक्षाका लागि कुमारी बैंक सुर्खेतमा आमा कोलामु विष्टको नाममा ०२६००४१६५६७००००१ नम्बरको खाता खोलिएको छ भने कलाकार र खेलाडीले ‘निर्मल विष्ट बचाऊँ’ अभियान सञ्चालन गरी आर्थिक सङ्कलन जुटाउन थालेका छन् ।

प्रदेश अस्पतालमा सिटी स्क्यान सेवा

कर्णालीवासीले सिटी स्क्यान सेवाका लागि अब नेपालगञ्ज, काठमाडौँलगायतका अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । स्वास्थ्य सेवा विभागको सहयोगमा वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा सिटी स्क्यान मेशिन सञ्चालनमा ल्याइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा डम्बर खड्काले नयाँ भवनमा सिटी स्क्यान मेशिनसहित आवश्यक संरचना जडान गरिसकेको बताउनुभयो । उहाँले सिटी स्क्यान सेवा सञ्चालन गर्न झण्डै रु २० लाख खर्च भएको जानकारी दिनुभयो । यो सेवा सञ्चालनमा आउँदा टाउकोका बिरामीका साथै दुर्घटनाका घाइतेलाई सहज भएको छ । “सुर्खेतमै कम खर्चमा सिटी स्क्यान गर्न पाइनेभो”, मेसु डा खड्काले भन्नुभयो, “यसअघि क्षेत्रीय÷प्रदेशस्तरीय अस्पताल भए पनि सिटी स्क्यानका बिरामी आए भेरी अञ्चल अस्पताल नेपालगञ्ज ‘रेफर’ गर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या अन्त्य भएको छ ।” 

अस्पतालले गत वर्षदेखि आइसियु, एनआइसियु, डाइलासिस सेवा सञ्चालनमा ल्याएको थियो । यी सेवा सञ्चालनसँगै प्रदेश बाहिर वा भारतीय शहरमा गएर महँगो शुल्क तिरेर औषधोपचार गर्नुपर्ने बाध्यता हटेको छ । अत्याधुनिक शव परीक्षण घर र ट्रमा ब्लक निर्माणको खाँचो रहेको अस्पताल व्यवस्थापनले बताएको छ ।

अस्पतालले सिटी स्क्यान गर्ने बिरामीको प्रकृतिअनुसार शुल्क निर्धारण गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष श्याम कँडेलले उपचारको प्रकृति हेरेर बिरामीबाट कम्तीमा रु तीन हजारदेखि पाँच हजारसम्म शुल्क निर्धारण गरिएको जानकारी दिनुभयो । 

पचास श्ययाको उक्त अस्पताललाई केही दिन अघि बसेको कर्णाली प्रदेश सरकारले शिक्षण अभ्याससहितको ३०० श्ययाको अस्पतालका रुपमा विकास गर्ने निर्णय गरिसकेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले असारअगावै श्यया विस्तार गर्नुका साथै आवश्यक न्यूनतम जनशक्तिको व्यवस्थापन गर्ने तयारी गरेको छ ।

जनशक्ति अभाव

भौतिक पूर्वाधारसँगै अत्याधुनिक सेवा सुविधाको विस्तार भए पनि प्रदेश अस्पतालले दक्ष जनशक्तिको अभाव झेल्नुपरेको छ । कर्मचारी समायोजनपछि झन यस अस्पतालले विशेषज्ञ चिकित्सक गुमाउनुपरेको छ । 

पहिल्यै विशेषज्ञ चिकित्सक न्यून रहेको अस्पतालमा कर्मचारी समायोजन प्रक्रियाले उल्टै अभाव सिर्जना गरेको छ । मेसु खड्काले चिकित्सक अभावका कारण आइसियु, एनआइसियु र अपरेशन थियटरलगायतका सेवा ठप्प हुने अवस्था आएको गुनासो पोख्नुभयो । “आवश्यक जनशक्ति नहुँदा बिरामीलाई छिटो–छरितो एवं भरपर्दो सेवा दिन सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “एक जना डाक्टरले ३०÷३५ जना बिरामी जाँच गर्नुपर्ने अवस्था छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित