२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महिला र पुरुष: संविधानमा समान, ज्यालामा चरम विभेद

२०७६, १६ बैशाख सोमबार १०:५१

रमेश लम्साल ।  वैशाख १६, काठमाडौँ  ।  नेपालको संविधानले महिला र पुरुषलाई समान हैसियत प्रदान गरेको छ । जनसङ्ख्याका आधारमा हेर्ने हो भने पनि पुरुषको तुलनामा महिलाको सङ्ख्या नै बढी रहेको छ । तर तलब तथा ज्यालामा भने महिला र पुरुषको बीचमा ठूलो खाडल रहेको पाइएको छ । 

केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको ‘ नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४÷७५ को नतिजामा’ उल्लेख गरिएअनुसार महिला र पुरुषबीचको ज्यालामा असमानता रहेको पाइएको हो । रोजगारमा रहेका र तलब ज्याला प्राप्त गर्नेको औसत मासिक आम्दानी रु १७ हजार ८०९ रहेको छ । औसतमा उक्त परिमाणको तलब तथा ज्याला भए पनि पुरुषको औसत आम्दानी रु १९ हजार ४६४ रहेको छ ।

 यस्तै महिलाको भने मासिक औसत आम्दानी रु १३ हजार ६३० रहेको छ । सो तथ्याङ्क अनुसार नेपाली महिलाले पुरुषको तुलनामा रु पाँच हजार ८३४ अर्थात ३० प्रतिशत कम ज्याला पाउने गरेका छन् । 

संविधानले महिला र पुरुष बराबर ठानेपनि व्यवहारमा भने त्यस्तो नदेखिएको विभागको उक्त अध्ययनले देखाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ मध्ये पुरुष एक करोड २८ लाख ४९ हजार ४१ र महिला एक करोड ३६ लाख ४५ हजार ४६३ रहेका छन् । जनसङ्ख्यामा पनि महिला नै बढी भए पनि रोजगारी र तलबको क्षेत्रमा भने पुरुषको प्रभुत्व रहेको उक्त विवरणले स्पष्ट पारेको छ । 

प्रामाणिक औद्योगिक वर्गीकरणअनुसार रोजगारीको वितरण प्रमुख पाँच क्षेत्रमा समेटिएको छ । सबैभन्दा बढी व्यक्ति कृषि, वन र माछापालन, थोक तथा खुद्रा बिक्री, मोटरगाडी तथा मोटरसाइकलको मर्मत सम्भार, उद्योग, निर्माण र शिक्षामा रोजगारी केन्द्रित रहेको छ । 

 विशेषगरी कृषि क्षेत्रमा महिलाको उपस्थिति बढिरहेको समेत उक्त विवरणमा समावेश छ । यस्तै श्रमको अल्पउपयोगमा समेत पुरुषको तुलनामा महिलाको मात्रा नै बढी रहेको छ । कूल ३२ प्रतिशत पुरुष श्रमको अल्पउपयोगमा रहँदा महिलाको भने ४८ दशमलव ८ प्रतिशत रहेको छ । 

प्रतिवेदनअनुसार नेपालको बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेको छ । त्यसमा पनि पुरुषको तुलनामा महिलामा बेरोजगारीको दर बढी छ । पुरुष र महिलाको बेरोजगारी दर क्रमशः १० दशमलव ३ र १३ दशमलव १ प्रतिशत छ । 

यसैगरी क्षेत्रगत रुपमा हेर्दा शहरमा नै बेरोजगारीको मात्रा बढी रहेको छ । शहरी क्षेत्रमा  ११ दशमलव ६ प्रतिशत र ग्रामीण क्षेत्रमा १० दशमलव ९ प्रतिशत बेरोजगार रहेका छन् । मुख्य काम गर्ने समय एक साताको औसत ४४ घण्टामध्ये पुरुषको ४८ घण्टा र महिलाको ३९ घण्टा रहेको छ । अर्थतन्त्रलाई आधार मानेर औपचारिक र अनौपचारिक क्षेत्रमा विभाजन गर्दा ३७ दशमलव ८ प्रतिशत क्रियाकलाप औपचारिक र ६२ दशमलव २ प्रतिशत अनौपचारिक क्षेत्रमा रहेको पाइएको छ । 

प्रतिवेदन अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेर समूहका दुई करोड सात लाख ४४ हजारमध्ये ७० लाख ८६ हजार जनसङ्ख्या कुनै न कुनै रोजगारीका क्षेत्रमा रहेको पाइएको छ । त्यसमा ४४ लाख ४६ हजार पुरुष रोजगारीमा रहँदा २६ लाख ४० हजार महिला मात्रै रोजगारीमा छन् । 

यसैगरी कम उच्च तहका प्रबन्धकमा कूल एक दशमलव दुई  प्रतिशत मात्रै रोजगारी प्राप्त हुने गरेको छ । त्यसमा पनि महिला र पुरुषको बीचमा ठूलो खाडल रहेको छ । कूल ८६ दशमलव ८ प्रतिशत पुरुष प्रबन्धक रहँदा मात्रै १३ दशमलव २ प्रतिशत महिला प्रबन्धकको तहमा रहेको पाइएको छ । 

छिमेकीमुलुक भारतमा उच्च व्यवस्थापनमा एक महिला अनिवार्य गरिएको भए पनि त्यस्तो प्रावधान नेपालमा भने लागू हुनसकेको छैन । संविधानले हरेक निकायलाई ३३ प्रतिशत महिला अनिवार्य गरेको भए पनि नेपालमा हालसम्म सोही संवैधानिक व्यवस्था समेत कार्यान्वयन हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ