२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ महानगरको बजेट पन्ध्र अर्ब पचास करोड

२०७६, १० असार मंगलवार १६:१७

असार १०, काठमाडौँ (रासस) | काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु १५ अर्ब ५० करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ । महानगरको नगरसभाको पाँचौँ अधिवेशनको आज दोस्रो बैठकमा उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले चालू आव २०७५/७६ को भन्दा १९ प्रतिशत बढी बजेट प्रस्तुत गर्नुभएको हो । चालू आवमा रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट प्रस्तुत गरिएको थियो ।

आन्तरिक आयतर्फ काठमाडौँ महानगरपालिकाको आफ्नै स्रोतबाट रु सात अर्ब ५६ करोड ६ लाख ३७ हजार प्रस्ताव गरिएको छ । जुन कूल बजेटको ५२ दशमलव ५८ प्रतिशत हो । बाह्य स्रोतबाट रु चार अर्ब १८ करोड ९० लाख महानगरको नाममा बैँकमा रहेको मौज्दातबाट रु दुई खर्ब ६२ करोड ९० लाख ९७ हजार तथा महानगरअन्तर्गतका आयोजनाबाट रु एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ । 

यसैगरी बजेटको व्ययतर्फ पूँजीगत खर्च रु एक अर्ब ५५ करोड ३५ लाख, तलब पारिश्रमिक र सुविधा खर्च रु एक अर्ब ४१  करोड ५ लाख, कार्यालय सञ्चालन खर्च रु ५९ करोड ४३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च रु सात अर्ब ४३ करोड ९७ लाख ९२ हजार, सशर्त अनुदानबाट पूँजीगत खर्च रु तीन अर्ब ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनातर्फ रु एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ ।

माथिको तश्वीरमा: काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ मंगलबार महानगरपालिका नगरसभाको पाँचौ अधिवेशनको बजेट वक्तव्य प्रस्तुत गर्दै  । तस्वीर: चन्द्रकला क्षेत्री

दोस्रो बैठक सञ्चालन गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले उप–प्रमुख खड्गीलाई बजेट प्रस्तुत गर्न निर्देशन दिनुभएको हो । बजेटमा शिक्षातर्फ रु एक अर्ब ३४ करोड ९० लाख ५० हजार, सामाजिक विकास कार्यक्रमतर्फ रु एक अर्ब ५२ करोड १५ लाख ९० हजार, जनस्वास्थ्य सेवा कार्यक्रमतर्फ रु १२ करोड ३५ लाख ८२ हजार तथा प्रधानमन्त्री रोजगार  कार्यक्रमतर्फ रु पाँच करोड चार लाख ७७ हजार विनियोजन गरिएको छ । 

'मेयर उज्यालो’ कार्यक्रम

बजेटमा सडकको मुख्य मुख्य चोकमा ‘मेयर उज्यालो’ कार्यक्रम सञ्चालन गर्ने कुरा उल्लेख छ । ‘मेयर उज्यालो’ कार्यक्रमअन्तर्गत ‘हाइमास’ बत्ती जडान गर्ने कार्यक्रम रहेको बजेटमा उल्लेख गरिएको छ  । 

यस्तै सडक चोकमा ‘फ्लाई ओभर, आकाशे पुल, महानगर ज्येष्ठ नागरिक अस्पताल, बालाजु बाइसधारा उद्यानको आधुनिकीकरण, महानगरका क्षेत्रबाट सङ्कलन गरिने फोहरबाट ऊर्जा उत्पादन, नदीहरुको शुद्धीकरण गर्नेलगायत योजना उप–प्रमुख खड्गीले बजेटमा समेट्नु भएको छ । आगामी आवको बजेटमा महानगरपालिकाको केन्द्रीय कार्यालय भवन निर्माण, भर्टिकल पार्किङका लागि भवन निर्माण, पर्यटन पदमार्ग, कोटेश्वर–तीनकुने बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, मोनो रेललगायत योजना समेटिएको छ ।

आगामी आवमा शहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम, महानगरस्तरीय एकीकृत सीप विकास प्रतिष्ठान निर्माण तथा सञ्चालनमा ल्याइने उल्लेख छ । महानगरले आगामी आवलाई अभियानका रुपमा सम्पदा संरक्षण तथा संवद्र्धन र पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास वर्षको रुपमा सञ्चालन गर्न बजेट विनियोजन गरिएको उप–प्रमुख खड्गीले जानकारी दिनुभयो । आजको बैठकमा महानगर प्रमुख शाक्यले आर्थिक विधेयक–२०७६ र महानगरपालिका विनियोजन विधेयक–२०७६ समेत प्रस्तुत गर्नुभएको थियो । नगरसभा असार ५ गतेदेखि राष्ट्रिय सभागृहमा जारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु