2026-09-13 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुपन्देहीको तिलोत्तमा र सैनामैना नगरपालिकाको बजेट सार्वजनिक

असार १०, खस्यौली (रासस) | रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब ५४ करोड ३९ लाखको बजेट प्रस्तुत गरेको छ । पाँचौँ नगरसभाको आज बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक जागेश्वरी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

आगामी आवका लागि प्रस्तुत गरिएको बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै रु १९ करोड बढी छ । आव २०७५/७६ मा तिलोत्तमाले रु एक अर्ब ३५ करोडको बजेट ल्याएको थियो । उप–प्रमुख चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा चालू खर्चतर्फ रु ५३ करोड ३९ लाख तथा पूँजीगत खर्चतर्फ रु एक अर्ब ९९ लाख ४० हजार विनियोजन गरिएको छ ।

माथिको तश्वीरमा: रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पाँचौं नगरसभा बैठकमा आव २०७६/७७ को बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरी । तस्बिर: निरा गौतम

बजेट प्रस्तुत गर्दै उप–प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बजेटको मुख्य उद्देश्य ‘समृद्ध नगरः खुसी नगरवासी’ रहेको बताउनुभयो । बजेटमा आम्दानीको स्रोतको रुपमा आन्तरिक राजश्वबाट रु ५० करोड १२ लाख ७० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ७६ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् रु दुई करोड ५० लाख र गत आवको मौज्दात रु एक करोड रहेको छ ।

शिक्षातर्फ शिक्षक, कर्मचारीको तलबका अतिरिक्त सामुदायिक विद्यालयको भवन तथा पूर्वाधार निर्माणमा रु ६ करोड, दिवा खाजा, यातायातलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ । नगर क्षेत्रभित्रका जीर्ण सडकको मर्मतसम्भार तथा स्तरोन्नति, गत वर्ष पूरा हुन नसकेका अधुरा सडक निर्माण, नाली तथा ढल निर्माणलगायत पूर्वाधार विकासका लागि विनियोजन गरिएको छ । तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा कोशेली घर, सीपमूलक तालीम सञ्चालनसमेतका कार्यक्रम कार्यान्वयन गर्न रु एक करोड १२ लाख विनियोजन गरिएको छ । यसैगरी वन, वातावरण, हरियाली प्रवद्र्धनमा रु चार करोेड १५ लाख, खेलकूद र युवातर्फ रु एक करोड ९७ लाख ३० हजार विनियोजन गरिएको छ । 

सैनामैनाको बजेट सार्वजनिक

सैनामैना नगरपालिकाले रु ९० करोड ८५ लाख ५१ हजारको बजेट आज सार्वजनिक गरेको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि सो बजेट प्रस्तुत गर्नुभएको हो । 

रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की मंगलबार आर्थिक वर्ष २०७६/०७७ को  बजेट प्रस्तुत गर्दै । तस्वीरः युवराज पाण्डे/रासस 

विनियोजित बजेटमध्ये चालू खर्चमा रु ४४ करोड ११ लाख १० हजार र पूँजीगत खर्चका लागि रु ४६ करोड ७४ लाख ४१ हजार रहेको सैनामैना नगरपालिकाले जनाएको छ । बजेटमा सङ्घीय सरकारबाट प्राप्त अनुदान रु ६६ करोड दुई लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान रु चार करोड ८६ लाख ५५ हजार, जिल्ला समन्वय समितिबाट रु तीन करोड १८ लाख ८२ हजार, आन्तरिक स्रोतबाट रु १३ करोड १५ लाख ५५ हजार र रु तीन करोड ६२ लाख ५८ हजार बचत तथा न्यूनबाट पूर्ति हुनेगरी आयको अनुमान गरिएको उल्लेख छ । नगर प्रमुख कार्कीले प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ सरलीकृत र प्रभावकारी बनाइने उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन