२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो

२०७६, ५ आश्विन आईतवार १०:२८

 असोज ५, काठमाडौँ । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक  एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक २.४९ बिन्दु अर्थात् करीब एक प्रतिशतले घटेर २४९.७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत ओरालो लागेको छ । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर रु २२ करोड ६९ लाख ५० हजार २३८ मूल्यमा खरीद बिक्री भए । 

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बाँकी दश उपसमूहको शेयर भने ओरालो लागेको छ । अन्य उपसमूह ०.६८ बिन्दुले बढ्दा बैंकिङ ११.३३, होटल ६०.११, विकास बैंक १८.१९, जलविद्युत् २९.६, वित्त ४.५१, निर्जीवन बीमा १२४.२९, उत्पादन ६७.६, लघुवित्त ३०.३२, जीवन बीमा ८०.८८ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेका छन् । 

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु एक करोड ८० लाख ६३ हजार ४४७ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको हो । यस्तै गण्डकी विकास बैंकको संस्थापक शेयर रु एक करोड ६५ लाख ६२ हजार ५९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड ४९ लाख १९ हजार ९५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड एक लाख ६२ हजार ७२५, लक्ष्मी बैंक रु ७६ लाख ४९ हजार र नेपाल बैंक लिमिटेडको रु ६८ लाख ५१ हजार १०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ । 

स्टकका अनुसार आज वेस्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.५५ प्रतिशतले कमाउँदा विजय लघुवित्त वित्तीय संस्था ३.१०, सिटी एक्सप्रेस फाइनान्स ३.०३, युनिभर्सल पावर कम्पनी २.५६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर १.९७ र कर्पोरेट डेभलपमेन्ट बैंक १.८३ प्रतिशतका दरले कमाए । यस्तै रिलायन्स फाइनान्स ८.३३, जोशी हाइड्रो पावर ८.०६, समता माइक्रोफाइनान्स वित्तीय संस्था ७.२३, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६.७४, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ६.२३ र रिडी हाइड्रो डेभलपमेन्ट कम्पनीका शेयरधनीले ५.५५ प्रतिशतले गुमाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो