2026-09-08 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पहिरोले गोरखाको लुँइटेल-आँपपीपल सडकखण्ड अवरुद्ध

असोज ५, गोरखा। केहि दिनदेखिको लगातारको झरीले लुँइटेल भञ्जाङ–आँपपिपल हुदै हर्मी–भच्चेक सडक भासिएर यातायात ठप्प भएको छ । बोहोरा गाउँ खण्डमा सडक भासिएर पिच नै ५० मिटर तल पुगेपछि बाटो अबरुद्ध भएको हो ।

दैनिक आवाज जावत गर्ने बाटो अबरुद्ध भएसंगै पुननिर्माणका लागि काम शुरु भएको पालुङटार नगरपालिकाका गगर प्रमुख दीपक बाबु कंडेलले साझा सवाललाई जानकारी दिए । सडक पुन: निर्माणको नियमित अनुगमनमा नै रहेका नगर प्रमुख कंडेलले आगामी ४ दिनभित्र काम सकिने जानकारी दिए । 

भुकम्प सहायता आयोजना अन्तर्गत एसियाली बिकास बैक एडिबीको सहयोगमा केही समय अघि कालोपत्रे भएको हो । लामो समय कच्ची सडकमा यात्रा गरेका सर्वसाधरणहरु अहिले सडक कालोपत्रे भए पनि पहिरोका कारण सवारी सञ्चालन हुन नसक्दा हिडेर गन्तव्यमा जान बाध्य छन् ।

Image may contain: outdoor and nature

 चाडपर्व आईसक्यो, सडकको यस्तो हालतले यात्रामा असहज भएको छ स्थानीय रमित ढकालले भने ‘सडक भासिएपछि सामान ढुवानी गर्ने गाडी र बिरामी बोक्ने एम्बुलेन्स लगायतका सवारी साधन प्रभावित भएका छन् ।’गत असार महिनाको अन्तिम साता पनि उक्त सडक खण्डको सिरानचोक गाउँपालिका ४ को चिउरीबोट भन्ने ठाउँमा कालोपत्रे गरिएको सडक भत्किएको र सिरानचोक गाउँपालिका–३, हर्मी भञ्ज्याङ नजिक राखिएको तारजालीको पर्खाल पनि पल्टिएको थियो ।

एशियाली विकास वैंकको ७० करोड रुपैंया सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा लुइँटेलभञ्ज्याङदेखि तार्केडाँडासम्म पहिलो प्याकेजको १८.५ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्शनले र दोस्रो प्याकेज अन्तर्गत तार्केडाँडादेखि नयाँगाउँसम्मको १३ किलोमिटर सडक लामा कन्स्ट्रक्शनले केही समय अघि निर्माण सम्पन्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल