<p><b>असोज २९, काठमाडौं |</b> श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको बढेको तलब नपाएको भन्ने गुनासो सम्बोधन गर्नका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको छ। <br></p><p>सरकारले चालु आर्थिक वर्षबाट राष्ट्रसेवक कर्मचारीको तलब बढाएको थियो तर सो अनुरुप रोजगार संयोजकले तलब नपाएको गुनासो आएपछि मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ। रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धि मापदण्ड, २०७५ को दफा २२ मा रोजगार संयोजकको तलब भत्ता सम्बन्धि स्फ्ष्ट व्यवस्था गरिएको भन्दै सोहि अनुरुप गर्न/गराउन सबै स्थानीय तहलाई श्रम मन्त्रालयले परिपत्र गरेको जनाइएको छ।</p><p>प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हरेक स्थानीय तहमा एक/एक जना रोजगार संयोजकले काम गर्दै आएका छन् ।</p>
