By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    1 hour ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    18 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    21 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    22 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 hour ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 hour ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय सवारीको भन्सार बढेको छैन: अर्थमन्त्री
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय सवारीको भन्सार बढेको छैन: अर्थमन्त्री
अर्थ/विकासकाठमाडौँ - KTM

सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय सवारीको भन्सार बढेको छैन: अर्थमन्त्री

साझासवाल
Last updated: June 9, 2020 9:03 am
साझासवाल
6 Min Read
Share

जेठ २७, काठमाडौँ ।अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातका रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनको भन्सारलगायत करमा कुनै परिवर्तन नभएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफूले सम्हालेको अर्थ मन्त्रालयको सन्दर्भमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले सार्वजनिक यातायातलाई नै प्रवद्र्धन गर्न लागेको र त्यससम्बन्धी विद्युतीय सवारीमा एक प्रतिशत मात्रै भन्सार शुल्क कायम गरिएको जानकारी दिनुभयो । 

“विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थको प्रयोग गर्नेभन्दा कम नै हुनुपर्छ भन्ने मेरो पनि मान्यता हो । कति कम हुनुपर्छ भन्दा १० प्रतिशत हो वा दक्षिण एशियाली मुलुकको हाराहारीमा हो भन्ने विषयमा भने छलफल हुन सक्छ”, उहाँले भन्नुभयो, “विद्युतीय सवारी सरल भन्सार महसुलमा नै प्रयोग गर्ने हो तर के कति भन्नेमा त एउटा  आधार हुनुपर्छ नै ।”

दक्षिण एशियाली मुलकमध्ये केहीमा विद्युतीय सवारीको भन्सार महसुल, अन्तशुल्कलगायत कर शतप्रतिशत वा सोभन्दा पनि माथि रहेको तथ्य पेश गर्दै उहाँले निजी प्रयोजनका लागि प्रयोग हुने सवारीका हकमा भने करको दरमा केही परिवर्तन गरिएको उहाँको भनाइ थियो । भारतले नाकाबन्दी गरेका समयमा १० प्रतिशत भन्सारमा विद्युतीय सवारी ल्याउन सकिने गरी ‘बोल्ड’ निर्णय गरिएको जानकारी दिँदै उहाँले सार्वजनिक सवारीमा भने एक प्रतिशत मात्रै तय गरिएको पटकपटक दोहोर्याउनुभयो । 

विद्युतीय गाडीले आन्तरिक रुपमा विद्युत् खपत गर्दा १५० मेगावाटसम्म मात्रै खपत हुने भएकाले ग्रामीण विद्युतीकरण र औद्योगिकीकरणलाई बढावा दिनुपर्ने उहाँले बताउनुभयो । संसद्मा नै विचाराधीन सार्वजनिक यातायात प्राधिकरण विधेयकलाई शीघ्र टुङ्गो लगाएर अगाडि जान सकिए सार्वजनिक यातायात क्षेत्रमा ठूलो परिवर्तन आउन सक्ने अर्थमन्त्रीको भनाइ थियो । 

यस्तै चकलेटमा कर घटाइएको भन्ने सन्दर्भमा स्पष्ट पार्दै उहाँले भन्नुभयो, “एकाध फर्मलाई मात्रै हेरेर कर घटाइएको होइन । १२३ कम्पनीले  आयात गर्छन् ।” उहाँले आव २०७१/०७२ देखि चकलेटको भन्सार दर ३० प्रतिशत रहेको र गत वर्ष केही वस्तुको कर माथि लैजाने क्रममा ४० प्रतिशत पुगेको भए पनि यस वर्ष पुनः ३० प्रतिशतमा सीमित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै व्यवसायीलाई हेरेर गरेको होइन । कुनै माननीय सदस्यले भनेको जस्तो अर्बौँको चकलेट आयात हुने पनि होइन ।” केही चोरीपैठारी हुने सम्भावना रहेको सामानको भन्सार दर घटाइएको जानकारी  दिँदै उहाँले केही खाद्य वस्तुको भन्सार दर र मूल्य अभिवृद्धि कर पनि हटाइएको स्पष्ट पार्नुभयो । 

कोरोनाका कारण सिर्जना भएको अवस्थालाई ध्यानमा राखेर बजेटको आकार चार प्रतिशतले न्यून गरिए पनि नियमित दायित्वलाई सम्बोधन गर्नैपर्ने उहाँको भनाइ थियो । भौतिक निर्माणको बजेट केही कटौती भए पनि अधुरा आयोजना पूरा गर्नेतर्फ सरकारले ध्यान दिएर विनियोजन गरेको उहाँले बताउनुभयो । निर्वाचन क्षेत्र एवम्  भौगोलिक सन्तुलन कायम गरेर बजेट विनियोजन गरिएको तथा हरेक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक तथा कृषि तथा भौतिक पूर्वाधारका अन्य कार्यक्रमलाई समेत प्रमुख प्राथमिकतामा राखिएको अर्थमन्त्रीको भनाइ थियो । 

सरकारले शिक्षा, स्वास्थ्य र कृषिमा सन्तुलित तवरले बजेट उपलब्ध गराएको स्पष्ट पार्दै उहाँले कोरोनाले पारेको प्रभावलाई न्यून गर्न राहत तथा पुनः स्थापनामा पनि जोड दिइएको बताउनुभयो । राजश्वको दायरा बढाउँदा पनि चालु आवमा राजश्व बढ्न नसकेको उल्लेख गर्दै उहाँले उच्च अङ्कको आर्थिक वृद्धि हासिल नगरी राजश्व वृद्धि गर्न नसकिने अवस्था समेत देखिएको जनाउनुभयो । 

सातै प्रदेशलाई न्यूनतम १३.५ र अधिकतम १५ प्रतिशतका आधारमा बजेट उपलब्ध गराइएको जानकारी दिँदै उहाँले कोही कसैलाई पनि काखा पाखा नगरिएको स्पष्ट पार्नुभयो । उहाँले केही अनुदान कम भएको भन्नेबारेमा स्पष्ट पार्दै प्रदेश नं २ ले कार्यक्रम नै प्रस्ताव नै नगरेका कारण  कार्यक्रम नै नआई बजेट दिँदा सरकारको मापदण्डमाथि नै प्रश्न उठ्न सक्ने भएकाले माग भएअनुसार गरिएको बताउनुभयो । 

उहाँले पछिल्ला दिनमा चर्चामा रहेको अमेरिकी सहयोग कार्यक्रम (एमसिसी)का बारेमा सदनमा नै विचाराधीन रहेकाले सोबारेमा थप केही भन्नु जरुरी नभएको  बताउनुभयो । सरकार निरन्तरतामा अगाडि बढ्ने भएकाले विगतमा अगाडि बढाइएको सम्झौतालाई नै  बजेटमा कार्यक्रमका रुपमा राखिएको जनाउँदै उहाँले एमसिसीका बारेमा निर्णय गर्ने अधिकार सदनलाई नै भएको स्पष्ट गर्नुभयो । 

आगामी वर्ष राजश्व र बजेटको आकार घट्दा पनि प्रदेश र स्थानीय तहमा जाने बजेट नघटाइएको तथ्य पेश गर्दै उहाँले सङ्घीय सरकारमा रहेको पुराना तथा नियमित दायित्वलाई समेत ध्यान कर्मचारीको तलबभत्ता, राष्ट्रिय गौरवका आयोजना र  ऋणको दायित्वसमेत सङ्घीय सरकारले नै व्यहोर्नुपर्ने भए पनि प्रदेश र स्थानीय तहमा जाने बजेटको सूत्र प्राकृतिक स्रोत तथा वित्त आयोगले तय गरेअनुसार नै गरिएको उहाँले स्पष्ट पार्नुभयो । दक्षिण एशियाली मुलुकको तुलनामा कूल गार्हस्थ उत्पादनको झण्डै ३२ प्रतिशतको हाराहारीमा मात्रै नेपालले वैदेशिक ऋण परिचालन गरेको तथ्य उहाँले तथ्य गर्नुभयो । भूकम्पपछिको पुनःनिर्माणका काममा मात्रै झण्डै रु अढाइ खर्ब ऋणको दायित्व थपिएको सन्दर्भ जोड्दै उहाँले केही ठूला परियोजनाका लागिसमेत ऋण परिचालन गरिएको बताउनुभयो 

आन्तरिक ऋणबाट विकास निर्माणको काम अगाडि बढाउने सोचका साथ सरकार लागिपरेको जानकारी दिँदै अर्थमन्त्रीले त्यसरी प्राप्त हुने रकम जथाभावी उपभोगमा खर्च नहोस् भन्नेतर्फ सरकार सचेत  छ भन्नुभयो ।  सङ्घ र  प्रदेशबीच समन्वयका लागि  विभिन्न परिषद्बीच नियमित छलफल गरिएको, करका विषयमा समेत आवश्यक निर्णय लिइएको तथा कानूनी सुधार गर्नुपर्ने विषयमा समेत सरकार प्रयत्नशील रहेको उहाँको भनाइ थियो । 

पछाडि परेका वर्ग, क्षेत्र तथा समुदायलाई सरकारले संवेदनशील भएर नै  बजेट विनियोजन गरेको यथार्थ पेश गर्दै उहाँले भन्नुभयो, “सरकारको दृष्टिकोणमा सबै प्रदेश र स्थानीय तहका नागरिक समान छन् । कोही कसैलाई पनि विभेद गरिएको छैन ।” कोरोनाको नियन्त्रणका लागि सरकारले के कति मात्रामा बजेट खर्च ग¥यो भन्नेबारेमा  जनतालाई सरकारले पारदर्शीपूर्ण तरिकाले नै जानकारी दिने अर्थमन्त्रीले प्रष्ट पार्नुभयो । अर्थमन्त्री डा खतिवडाको उत्तरमा चित्त नबुझेको भन्दै सांसद डा मीनेन्द्रप्रसाद रिजाल, प्रदीप यादव र प्रेम सुवालले प्रतिप्रश्न गर्नुभएको थियो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article एनएमबि बैंकमा भाइवर र फेसबुकबाट खाता खोल्दा क्यास व्याक
Next Article नेपालसँग तत्काल वार्ता थाल्न भारतका पूर्व विदेशमन्त्रीको जोड
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMदैलेख - DLKसमाज

दैलेखमा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीतिशिक्षा

रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए

1 year ago
अर्थ/विकासबैतडी - BTD

बैतडीमा डोजरले खनेका सडकले जोखिम बढायो

57 years ago
काठमाडौँ - KTMसमाज

दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?