असार १, काठमाडौं । हिमालय एयरलाइन्सले जुन २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने ‘चार्टर’ उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । उसले सार्वजनिक गरेको तालिकाअनुसार कतिपय उडान नेपाल एयरलाइन्सले तोकेकोभन्दा सस्तो दरमा हुने देखिएको छ भने कतिपय उडान त्यो भन्दा महंगो हुने भएको छ ।

हिमालयले सार्वजनिक गरेको भाडादर अनुसार यूएईको आबुधाबीको भाडा ३६५ डलर तोकिएको छ जबकी नेपाल एयलाइन्सले यो गन्तब्यबाट फर्किने यात्रुको भाडादर ४५० डलर तोकेको छ ।

कोलम्बो र मालेबाट हुने पहिलो उडानको ३८० डलर तोको हमिालय एयरलाइन्सले कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर तोकेको छ । साउदीको दमममाबाट हिमालयले नेपाल एयरलाइन्सको भन्दा बढी भाडा लिने भएको छ । उसले ४६५ डलर तोकेको छ भने नेपाल एयरलाइन्सले ४३० डलर मात्रै ।