Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुन कारोबार छैन तर मूल्य बढेको बढ्यै, आज कति छ मूल्य ?

२०७७, ९ असार मंगलवार ०५:३९

असार ९, काठमाडौँ | कोरोनाको महामारी बढ्दै गर्दा सुन किन्नेको संख्या घट्दै छ तर सुनको मूल्य भने एकोहोरो बढिरहेको छ । सोमबार सुनको मूल्य इतिहासकै उच्च बन्यो । सोमबार सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

hकोरोना महामारीका कारण गत चैत ११ देखि मूल्य तोक्न बन्द गरिएको कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले गत जेठ २५ देखि पुनः मूल्य तोक्न सुरु गरेको थियो । यसअघि चैत १० गते प्रतितोला सुनको मूल्य ७७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता लकडाउनको कारण मूल्य तोक्न बन्द गरिएको थियो । पुन: जेठ २५ गते सुनको मूल्य तोकिदा प्रतितोला सुनको मूल्य १० हजारभन्दा बढीले बढेर प्रतितोला ८७ हजार ३०० तोकिएको थियो । त्यसयता १० दिनमा सुनको मूल्य तीन हजार ६ सय रुपैयाँले बढेर ९१ हजार पुगेको हो ।

लगानीकर्ताले अन्य क्षेत्रमा गरेको लगानी असुरक्षित हुने र सुनचाँदीमा लगानी बढाएकाले मूल्य बढेको बताइएको छ । नेपालमा लकडाउन खुकुलो भएपनि सुनचाँदीको आयात भएको छैन । लकडाउन खुकुलो बनाइएपछि सुनचाँदी पसलहरु खुल्न थालेका छन् तर ग्राहकहरु सुन किन्न नआएको व्यवसायीहरुले बताएका छन् ।

आज सुनको मूल्य कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापवाला सुनको मूल्य ९० हजार ६०० तोकिएको छ । यो मूल्य सोमबारको तुलनामा ४०० रुपयाँले सस्तो हो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य ९१ हजार १६० तोकिएको छ । 

त्यस्तै मंगलबार चाँदीको मूल्य प्रति तोला ९४० तोकिएको छ । चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला रु १० ले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै