Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको ग्रिन कार्ड डिसेम्बरसम्मका लागि निषेध, वर्किङ भिसामा अस्थायी प्रतिबन्ध

२०७७, ९ असार मंगलवार ०६:३३

असार ९, वासिङ्टन।अमेरिकी सरकारले प्रदान गर्दै आएको ग्रीन कार्ड स्थगितको म्यादलाई लम्ब्याएको छ। साथै, H-1B र H-4 वर्किङ भिसालाई पनि चालु वर्षका लागि निषेध गरेको छ।

सोमवार अमेरिकी सरकारले यस्तो निर्णय गरेको हो। दुई दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट काम गर्न आउनेमाथि रोक लगाउने तयारी गरिएको बताएका थिए।

सोमवारबाट लागू गरिएको नियम त्यहाँ रहेर काम गरिरहेका र अमेरिकी भिसा म्याद भएकामाथि लागू नहुने बताइएको छ । अमेरिकामा अध्ययनका लागि गएका विद्यार्थीहरुले पाउने अप्सनल प्राक्टिकल ट्रेनिङलाई भने यसले कुनै असर नपर्ने बताइएको छ।

एउटा कम्पनीबाट अर्को कम्पनीमा काम गर्न पाउनेगरी जारी भएको L1 भिसा र विशेषगरी चिकित्सक तथा अनुसन्धानकर्ताले व्यापक रूपमा पाउँदै आएको J1 भिसामा पनि रोक लगाइएको छ। तर, कोरोना पेन्डामिकसँग जोडिएका रोजगारीको हकमा भने यो लागू हुने छैन।

यी सबै निर्णयहरु राष्ट्रपति ट्रम्पले आगामी डिसेम्बर ३१ सम्मका लागि लागू हुने जनाइएको छ । यो निर्णयबाट ५ लाख २५ हजार अमेरिकीको रोजगारी सुनिश्चित हुने अमेरिकी सरकारको दावी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ