२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोभिड–१९ मा खर्च गर्न निर्देशन

२०७७, ९ असार मंगलवार १०:०४

असार ९, काठमाडौँ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च नभएको रकम कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । स्थानीय पूर्वाधार कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७७ को तेस्रो संशोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०७६/७७ को कार्यक्रम आयोजनालाई छुट्याइएको तर खर्च गर्न बाँकी रकम कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्न निर्देशन दिएको हो । 

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले कार्यक्रमलाई खर्च नभएको रकम कोभिड–१९ नियन्त्रणमा गरिने निर्णय गरेसँगै मन्त्रालयले कार्यक्रम निर्देशक, समितिका संयोजकले अन्य सदस्यसँग परामर्श गरी सबै स्थानीय तहको कोभिड–१९ नियन्त्रण गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यक्रमको कुनै आयोजनामा खर्च नभई बचत रहेको रकम स्थानीय तहमा रहेको कोभिड–१९ को व्यवस्थापनको लागि खोलिएको खातामा राखी कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि खर्च गर्ने छन् । कार्यक्रमको बाँकी रकम यही असार १५ गतेसम्म स्थानीय तहमा रहेको कोभिड–१९ को व्यवस्थापनको लागि खोलिएको खातामा जम्मा गर्न भनिएको छ । खरिद प्रक्रियामा नै नगई बाँकी रकम ठेक्का व्यवस्थापन गर्दा बचत हुन गएको र निर्माण व्यवसायी तथा उपभोक्ता समितिसँग भएको सम्झौता बमोजिमको कामको बाँकी रकम जम्मा गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता अधिकारीले बताउनुभयो । निर्देशनमा सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले कार्यक्रमअन्तर्गत आफ्नो गाउँपालिका तथा नगरपालिकामा विनियोजन भएको रकममध्ये बचत हुने रकम एकीन गरी कार्यक्रम निर्देशक समितिका संयोजक र जिल्ला समन्वय समितिलाई जानकारी गराउने भनिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध