२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्डको अर्को निर्देशन : पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउनु

२०७९, २१ पुष बिहीबार ०८:४५

पुस २१, काठमाडौँ | तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनसाथ 'निर्देशन स्टन्ट' शुरु गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्।

बिहीवार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा बिहीवार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन्। आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ। निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा ९९ करोड रुपैयाँ नाफा हुने देखिएको छ।

निगमले १८ अर्ब रुपैयाँ बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन। चौतर्फी रुपमा मूल्य घटाउन निगमलाई दबाब परेपनि अस्वीकार गर्दै आएको छ। लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको बताइएको छ।

यसअघि प्रधानमन्त्री प्रचण्डले कर्मचारीलाई विभिन्न निर्देशन दिइसकेका छन्।

प्रचण्डले मंगलबार सचिवलाई दिएका ३० निर्देशन दिएका थिए। प्रधानमन्त्रीको शपथ लिएकै दिन बालुवाटारमा भड्किलो सामान नकिन्न आफ्नै सचिवालयलाई प्रचण्डले निर्देशन दिएका थिए। त्यसैगरि पुस १५ गते प्रधानमन्त्रीले विदेशबाट ‘एकभन्दा बढी मोबाइल सेट ल्याए’ कर तिर्नुपर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए। उक्त निर्देशन कार्यान्वयन नभएको गुनासो आएपछि फेरि प्रचण्डले मोबाइल सहजै ल्याउन दिनू भनी निर्देशन दिएका थिए।

प्रचण्डको पुस १७ गते दूध व्यवसायीले आफूखुसी मुल्य बढाएको भन्दै यसलाई रोक्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवलाई निर्देशन दिएका थिए। त्यसैगरी उनले कम्बोडियामा मृत्यु भएका नेपालीको शव तत्काल ल्याउनसम्म यसअघि निर्देशन दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन