Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कामपाको रु १६ अर्ब ४३ करोडको बजेट पारित

२०७७, १८ असार बिहीबार १५:५८

असार १८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट  पारित भएको छ । आज यहाँ बसेको कामपाको ७ औँ नगरसभाको तेश्रो बैठकबाट सो बजेट पारित भएको हो । यही असार १० गते बसेको नगरसभाको दोश्रो बैठकमा कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आर्थिक विधेयक र प्रमुख विद्यासुन्दर शाक्यले विनियोजन विधेयक प्रस्ताव गर्नुभएको थियो । 

“करको दर नबढाउनु भनेको करमा दिइएको छुट नै हो”, विधेयकका व्यवस्थाका बारेमा सभालाई जानकारी दिँदै सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले भन्नुभयो, “करदाताहरुबाट आव २०७६/०७७ मा असुल हुनुपर्ने तर बाँकी सबै प्रकारका कर बक्यौता जरिवानामा छुट दिइएको छ ।” कोभिड–१९ का कारण व्यवसायीमा परेको प्रभावलाई सामान्य बनाउन यस्तो छुट दिइएको हो भने पहिलेका वर्षहरुमा असोज मसान्तसम्म दिइने गरेको सम्पत्ति करको छुटलाई यस वर्ष पुस मसान्तसम्म दिइने भएको उहाँले बताउनुभयो । 

त्यसैगरी पर्यटन क्षेत्रका व्यवसायीमा लकडाउनले पारेको असर कम गराउन महानगरले आफ्नै नाममा भएका र लिज वा भाडामा लिएका दुवै प्रकारका होटल, रिसोर्टको सम्पत्ति करमा ७५ प्रतिशत छुट दिने भएको छ । यसरी छुट पाउने करदाताले आर्थिक वर्ष २०७६/०७७ सम्मको घरजग्गा कर/सम्पत्ति कर चुक्ता गरिसकेको हुनुपर्नेछ । विसं २०७७ पुस मसान्तभित्र सम्पति कर बुझाएमा अरूलाई दिइने जस्तै १० प्रतिशत थप छुट हुँदा यस क्षेत्रका व्यवसायीले सम्पत्ति करमा ८५ प्रतिशत छुट पाउनेछन् । व्यवसायतर्फ होटल, पर्यटन र मनोरञ्जन क्षेत्रका लागि ५० प्रतिशत र अन्य व्यवसायमा २० प्रतिशत छुट हुने बताइएको छ ।  

बन्दाबन्दीका समयमा आफ्नो घरमा बहालमा बस्नेहरुलाई कम्तीमा एक महिनाको घर बहाल छुट दिएको स्वघोषणा गर्ने घरधनीलाई घरको बहालमा १० प्रतिशत छुट हुनेछ । बहाल छुट दिएको स्वघोषणा गरेर आर्थिक वर्ष २०७६/०७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्ने करदातालाई १० प्रतिशत छुट हुनेछ । त्यस्तै २०७६/०७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाएबापतको बहालमा छुट दिएका तर कर छुट सेवा नपाएका घरधनीलाई आर्थिक वर्ष २०७७/०७८ को बहाल करमा १० प्रतिशत छुट दिएर कर समायोजन गरिनेछ ।

विधेयकको दफावार छलफलमा नगरसभाका सदस्यहरुले, सबै करदाताले महसुस गर्ने कर छुटको व्यवस्था, करको दायरा बढाउन राजश्व प्रशासनको सबलीकरण, सङ्घसंस्थाले उठाउने गरेको तर महानगरको दायरामा नआएका क्षेत्रलाई समेट्नुपर्ने, पर्यटन क्षेत्रको पुनस्र्थापनाका कर छुटको व्यवस्था, रिक्सा ठेलामा कर लगाउनुको सट्टा सहरी सौन्दर्यता र यातायात आवागमनमा समस्या सृजना गर्ने यस्ता साधन हटाउनु पर्नेलगायतका सुझाव दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै