By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    10 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    11 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    11 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    11 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    17 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: वर्षाका कारण ७ राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > वर्षाका कारण ७ राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प
अर्थ/विकासकाठमाडौँ - KTM

वर्षाका कारण ७ राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प

साझासवाल
Last updated: July 23, 2020 11:27 am
साझासवाल
4 Min Read
Share

सञ्चिता घिमिरे । साउन ८, काठमाडौँ । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन ।

देशव्यापीरूपमा तीन दिनदेखि लगातार वर्षाले विभिन्न राजमार्गमा कटान र पहिरोको कारणबाट यातायात अवरुद्ध हुनपुगेको हो । पहिरो पन्छाएर थुप्रै सडकखण्ड सञ्चालनमा ल्याइए पनि कतिपय स्थानमा तत्काल शुरु गर्न सकिने अवस्था नरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । विभागले लगातार प्रयास गरिरहे पनि पुल बगाएका र नदीले सडक नै कटान गरेका स्थानमा वर्षा र नदीको बहाव कम नहुँदासम्म सडक सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सम्बन्धित सडक डिभिजन कार्यालयले उपलब्ध उकरणबाट काम गरिहरेका छन् ।”

पृथ्वी राजमार्गको जोगिमारा–मावाखोला खण्ड र नारायणघाट–मुग्लिन सडकको कालीखोला खण्डमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्ने विभागले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक शर्मा, उपमहानिर्देशकलगायतको टोली सडक अनुगमनका लागि बुधबार मौवाखोला पुगेको थियो । उक्त सडकमा रहेको पहिरो खुलाउने काम भइरहेको छ । शुक्रबार साँझसम्म सडक खुलाउने लक्ष्यका साथ काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कतिपय स्थानमा आंशिकरूपमा मात्रै सञ्चालन गराउने काम भइरहेको छ ।”

देशभरका राष्ट्रिय राजमार्गमध्ये सात राजमार्गमा बाढीपहिरोको असर परेको छ । तीमध्ये पनि अरनिको राजमार्ग, बेनी–जोमसोम, साँफेबगर–मार्तडी र बेँसीशहर–चामे सडकमा बढी असार देखिएको विभागले जनाएको छ । यात्रु र सवारीसाधनको चापका हिसाबले पृथ्वी राजमार्ग र अरनिको राजमार्ग अवरुद्ध हुँदा धेरैलाई अप्ठ्यारो परेको छ । एउटै राजमार्गको पनि धेरै ठाउँमा पहिरो देखिएको महानिर्देशक शर्माले बताउनुभयो । अरनिको राजमार्गमा बाह्रबिसेम्म र सीमाबाट भन्सार कार्यालयसम्म खुलिसकेको छ । त्यसको बीचमा झण्डै १७ किमी सडक अवरुद्ध रहेको छ । सोही राजमार्गमा ६० मिटर सडक नै वर्षाले बगाएको छ भने एउटा पुल पनि बगाएको छ । उहाँले भन्नुभयो, “अरनिको राजमार्गमा रहेका अवरोध हटाउने काम भइरहेको छ ।”

अहिले पनि अवरुद्ध रहेका राजमार्गमा अवरोध खुलाउनका लागि सम्बन्धित सडक डिभिजन कार्यालय लागिपरेका छन् । कतिपय स्थानमा पुल नै बगाउँदा पनि सडक अवरुद्ध भएको छ । बेनी–जोमसोम सडक र साफेँबगर–मार्तडी सडकमा पनि पुल बगाएको छ । पुल बगाएका स्थानमा सडक सञ्चालन हुन समय लाग्नसक्ने महानिर्देशक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “बेलिब्रिज राखेर सडक सञ्चालन गर्नुपर्ने हुनसक्छ ।”

बेनी–जोमसोम सडकमा ८/१० ठाउँमा सडक अवरुद्ध रहेको छ । त्यस्तै निर्माणाधीन कान्ति लोकपथमा पनि विभिन्न स्थानमा पहिरोले रोक्ने र खुलाउने काम भइरहेको छ । कणार्ली राजमार्गमा सामान्य पहिरो गइरहे पनि सफा गरिएको छ । 

विभागअन्तर्गत देशभरमा ३३ सडक डिभिजन कार्यालयले वर्षा हुनुभन्दा पहिलेदेखि नै बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा खुलाउन आवश्यक तयारी गरेका थिए । विभागअन्तर्गत विभिन्न स्थानमा रहेका डिभिजनले राष्ट्रिय राजमार्ग खुलाउने गरेका छन् । प्रदेश राजमार्ग र स्थानीय सडक सम्बन्धित निकायले खुलाइरहेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिनुभयो । विभागले वर्षा शुरु हुनुपहिले नै १८० स्थानलाई सम्भावित जोखिमको सडकका रूपमा निर्धारण गरेको थियो । ती स्थानमा पहिले नै उपकरण राखिएको र आवश्यक पर्दा प्रयोग भइरहेको विभागले जनाएको छ । उपमहानिर्देशक अधिकारीले भन्नुभयो, “नियमित वर्षा भइरहँदा काम गर्न नसकिए पनि पानी बन्द हुनासाथ पहिरो हटाएर सडक खुलाइन्छ ।” 

विभागले सडक अवरुद्ध हुनासाथ सकेसम्म दुईतर्फ नै खुलाउन प्रयास गर्ने महानिर्देशक शर्माले बताउनुभयो । तत्काल दुईतर्फ सञ्चालन गर्न नसकिने स्थानमा एकतर्फ पहिरो हटाएर पनि आवगमन खुला गरिन्छ । एकातर्फ वा आशिंकरूपमा सञ्चालनमा रहेका सडक मौसमले साथ दिनासाथ खुलाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सकिन्छ भने दुईतर्फ र नसकिएका ठाउँमा मात्रै खुलाइन्छ ।”

विगतका वर्षभन्दा पहिले नै वर्षा शुरु भएकाले सडक बढी अवरुद्ध भएको विभागले जनाएको छ । यो वर्ष साउनको शुरुबाट अहिलेसम्म दैनिक वर्षा भइरहेको छ । भदौको १५ गतेसम्म वर्षा हुने भएकाले अझै कति क्षति हुन्छ भन्ने यकिन छैन । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article भारतमा एकै दिनमा थपिए ४५ हजार कोरोना भाइरस संक्रमित
Next Article काठमाडौँ उपत्यकाका ९ सहित थप १४७ जनामा कोरोना संक्रमण, कहाँ कति थपिए ? (विवरणसहित)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमनोरञ्जन

‘किन’ गीत शेयर गर्नेलाई आईफोन १३ उपहार

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

नेपाल फर्कन अनलाईन फारम भरेकाहरुलाई सम्पर्कमा आउन दुतावासको अनुरोध

57 years ago
काठमाडौँ - KTMसमाज

सप्तरी: कुखुरा खोरमा आगलागी हुदा १० लाख बराबरको क्षति

57 years ago
काठमाडौँ - KTMसमाज

बुटवलमा कोरोना संक्रमणबाट एकै दिन तीन जनाको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?