भदौ ११, काठमाडौं । सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।