भदौ १८, काठमाडौं । सुनको मूल्य आजपनि घटेको छ । पछिल्लो केहि दिन यता लगातार बढेको सुनको मूल्य दुई दिन यता लगातार घटेको छ ।

बुधबारको तुलनामा आज (विहिबार) सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । मंगलबार सुन तोलामै १२ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार विहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार तोकिएको छ। बुधबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँ निर्धारण गरिएको छ।