भदौ १९, काठमाडौं । हिमालय एअरलाइन्स्द्धारा नियमित उडानको भाडादर सार्वजनिक

कोभिड –१९ महामारीको कारणले भएको बन्दाबन्दीले ५ महिना पछि हिमालय एयरलाइन्स्ले दुवै देशको सुरक्षा प्रोटोकल अनुसरण गर्दै हिजो देखि आफ्नो उडान तालिका पुनः सुचारु गरेको छ । सरकारले अन्तर्राष्ट्रिय उडान संचालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्सले पीसीआर परीक्षण हुने मूलुकबाट उडान सुरु गर्नेगरी भाडादर सार्वजनिक गरेको हो ।

हिमालयन्सले सहजै पि.सी.आर. उपलब्ध गन्तव्यहरु ( छोड्ंछिडं, क्वालालम्पुर र आबुधावीको उडानहरु संचालन गर्न अनुमति प्राप्त गरेको छ । पि.सी.आर. परिक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डहरुमा सरकारको निर्णय अनुरुप नै चार्टर उडान मार्फत नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहनेछन् ।

उद्घार चार्टर उडान र भाडादर

विदेशमा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उद्घार उडानहरुको लागि देहायका सरकारद्धारा स्वीकृत भाडादर लागू हुनेछन् । यी भाडाहरु कर र एजेन्सी कमिशन सहितको हो । तसर्थ, यात्रुहरुलाई प्रकाशित भाडा मात्र तिर्न तथा कसैबाट कुनै प्रकारको अतिरिक्त भाडाको माग भएको अवस्थामा तुरुन्त जानकारी गराउन हिमालयन्सले अनुरोध गरेको छ । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादर भन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिनेछ जनाइएको छ । एअरलाइन्सले हालसम्म साउदी, पाकिस्तान, कुवेत, बहराइन, माल्दिभ्स, कतार र सिङ्गापुरबाट उद्धार उडान गर्दै आएको छ ।

नियमित उडान र भाडादर

नियमित उडानहरुका लागि उपलब्ध सीटहरु ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम(जी. डी. एस.) बाट बुक गर्न सकिनेछ । ट्राभल एजेन्सीहरुले ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम (जी. डी. एस.) बाट सीटहरु बुक गर्न सक्नेछन् । नियमित उडानको भाडादर प्रतिस्पर्धी मूल्य निर्धारण, उडान अर्थशास्त्र र बजार स्थितिको अध्ययनका साथ अन्तर्राष्ट्रिय अभ्यासमा आधारित रहेको छ ।

नियमित उडानको भाडादर तल दिइउको तालिकामा उपलब्ध छन् । यी दिइएका भाडादर सम्पूर्ण कर सहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन् । ट्राभल एजेन्सीले उपयुक्त सेवा लागू गर्न सक्दछ ।