भदौ २५, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु ४०० बढेर ९६ हजार ८०० पुगेको छ ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यस्तै बिहीबार चाँदीको मूल्य बुधबारको तुलनामा रु १० बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३१५ रुपैयाँमा कारोबार भएको थियो ।