<p><b>असोज १५, काठमाडौँ । </b>विहिबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । प्रतितोला मंगलबार ९ सय र बुधबार ५ सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । <br></p><p>आजका लागि छापावाला सुनको मूल्य ९४ हजार ५ सय तोकिएको महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य तोलामा ९४ हजार तोकिएको छ । हिजो तेजावी सुन प्रतितोला ९४ हजार २ सयमा कारोबार भएको थियो ।</p><p>चाँदीको भाउ पनि आज १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ११ सय ७५ रुपैयाँ कारोबार भैरहेको छ ।</p>
