<p><b>कार्त्तिक ४, काठमाडौं । </b>नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सोमबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । <br></p><p>महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार २ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ । </p>
Related News


