सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार

साझासवाल
1 Min Read

मङ्सिर ४, काठमाडौं । नेपालको सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो अहिलेसम्मकै सर्वाधिक कारोबार रकम हो ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ अंकमा पुगेको छ । दिनभर भएका ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुगेको छ ।

यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो ।

Share This Article
Leave a Comment

Leave a Reply