२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा आइतबार नयाँ रेकर्ड कायम, एकैदिन ९ अर्ब २२ करोडको सेयर किनबेच

२०७७, १४ मंसिर आईतवार ११:१४

मङ्सिर १४, काठमाडौँ । सेयरबजारमा आइतबार फेरि नयाँ रेकर्ड कायम भएको छ। साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक र खरिदबिक्री रकम दुवैमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको हो । 

गत बिहीबार १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आज (आइतबार) ७५ दशमलव ०२ अंकले बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंकमा बन्द भएको छ ।  त्यस्तै, यो दिन कारोबार रकम ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, यो पनि अहिलेसम्मकै सबैभन्दा धेरै हो । 

आइतबारको बजारलाई जीवन बीमा र बैंकिङ समूहले धेरै उचालेको छ । २४५ अंकले बीमा समूह बढ्दा बैंकिङ समूहले पनि बलियो साथ दिएको छ। वाणिज्य बैंक ११२ अंक र विकास बैंक १७३ अंकले वृद्धि भएको छ। आइतबार सर्किट लाग्ने अधिकांश कम्पनीमा सबैभन्दा धेरै बैंकहरु छन्। दर्जन बढी बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इनभेष्टमेन्ट बैंक र सेन्चुरी कमर्सियल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।


त्यस्तै मितेरी डेभलपमेन्ट, माछापुच्छ्रे, सनराइज, मेगा, नेपाल बंगलादेश, कुमारी, ग्लोबल आइएमई, महालक्ष्मी विकास बैंक, सिटिजन्स, नेपाल क्रेडिट एण्ड कमर्स, सिभिल, लक्ष्मी, मुक्तिनाथ विकास बैंकको सेयर मूल्य पनि करिब १० प्रतिशतले वृद्धि भएको छ।

आइतबार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर किनबेच भएको छ। दिनभरीमा ५१ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।त्यस्तै, १० प्रतिशत बोनस सेयर लिन कुमारी बैंकको ४० करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ। कुमारी कैंकको आज बुक क्लोज परेकाले सर्वाधिक किनबेच भएको थियो।

प्रभु र नबिल बैंकको ३३/३३ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल बैंकको ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै ग्लोबल आइएमई बैंकको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। दिनभरीमा २०० कम्पनीको सेयर किनबेच हुँदा १०२ कम्पनीको मूल्य बढेको छ भने ५६ वटा कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको सेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने