मंसिर २५ , काठमाडौं | नेपाल एयरलाइन्सले काठमाडौँ-दिल्ली नियमित उडान गर्ने भएको छ | कोरोना भाइरसका कारण गत चैत देखि रोकीएको अन्तरदेशीय उडान पुनः सुचारु हुन् लागेको हो |

नेपाल-भारत नियमित उडानका लागि दुई देश बीच ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ अनुमोदन गरिएको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ | नेपाल सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरी सहमतिका लागि भारत सरकारसँग प्रस्ताव गरेको थियो |

उक्त प्रस्तावलाई स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकिएको दूतावासले जनाएको छ | योसंगै नेपालबाट नपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका हुन् |

यी एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा एयरलाइन्सलाई नै दिइएको छ | अब नेपालबाट नेपाल एयरलाइन्सले दिल्ली र दिल्लीबाट एयर इन्डियाले काठमाडौँ उडान गर्ने छ |

उक्त उडान भरे र विमानमा बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिर्पोट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने मन्त्रिपरिषदको निर्णय छ |