नौकुण्ड गाउँपालिका– १ अन्तर्गत सिङ्वन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार पासाङल्हामु राजमार्गसम्म&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नौकुण्ड गाउँपालिका– १ अन्तर्गत सिङ्वन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार पासाङल्हामु राजमार्गसम्म&"/>
2026-06-18 07:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक सञ्जालले जोडिँदै गाउँ, भारी बोक्ने अवस्था अन्त्य

पुस ५, रसुवा । लाङ्वुलगायतका गाउँ क्षेत्रमा  नयाँ निर्माण भएको मोटरबाटोले भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । नौकुण्ड गाउँपालिका– १ अन्तर्गत सिङ्वन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार पासाङल्हामु राजमार्गसम्म  सडक सञ्जाल जोडिएपछि भारी बोक्नुपर्ने अवस्था अन्त्य भएको हो । यससँगै सवारी साधनद्वारा ढुवानी गर्ने कार्य शुरू भएको छ ।

विगत तीन वर्षको अन्तरालमा नौकुण्ड अन्तर्गत वडा नं १ को बस्तीबस्तीमा करिब ८० किमी सडकको ट्याक खोल्ने काम भइसकेको जनाइएको छ ।  यार्सामा उत्पादित वर्षे आलु बिक्रीका लागि बाहिर लाने आलुबाट प्राप्त आयले दैनिक उपभोग खरिद गरी घरसम्म पु¥याउ र गाउँमा हुने सबैखाले बिरामी छिटोभन्दा छिटो अस्पताल लान मोटर बाटोले सहज बनाएको छ ।

छ सयभन्दा बढी घरधुरी रहेको नौकुण्ड गाउँपालिका– १ मा स्थानीय तहको निर्वाचनपश्चात् भौगोलिक विकटताकै कारण सडक निर्माणको विकासलाई नै पहिलो प्राथमिकता दिइएको थियो । वडाध्यक्ष कान्छा तामाङले सडक निर्माणको साथसाथै आयआर्जनका लागि परम्परादेखि गर्दै आएका घरेलु सीपबाट गरिने कामलाई समेत प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो ।

नयाँ खोलिएको मोटरबाटोले वडा १ मा पर्ने  सिङबन्दी, संयूल, थाङ्दोर, लाङ्वुु र आरूखर्कसम्मका बासिन्दालाई यातायातको सुविधा पु¥याएको छ । सडकलाई दरिलो पार्न नाली टेवा पर्खाल एवं कालोपत्र गर्ने कार्य योजनासमेत अगाडि सारिएको उहाँले बताउनुभयो ।

स्थिानीयवासी छेसाङदावा तामाङलले वकासको पहुँच नपुगेको उक्त क्षेत्रमा स्थानीय सरकारले सडक निर्माण, खानेपानी व्यवस्थापन, प्राथमिक उपचारका लागि स्वास्थ्य चौकी, विद्यालयको पठनपाठनमा गुणस्तर सुधार जस्ता कार्यले गरीबी क्षेत्रकोे मुहार फेरिँदै गएको बताउनुभयो । प्रमुख पेशा कृषि र पशुपालनमा आधारित रहेको उक्त वडामा प्रत्येक घरले पाँचदेखि १० वटासम्म गाई, भैँसी, बाख्रा, जस्ता चौपाय पालेको र खेतीयोग्य जमीनका सतहमा बढीमात्रा ढुङ्गे चट्टानले गर्दा कृषिजन्य वस्तु उत्पादनमा न्यून भएपछि अधिकांश मानिसले अन्यत्रबाट खाद्य सामग्री ल्याउनुपर्ने बाध्यता रहेको बताइएको छ ।

यसअघिको चिठ्ठीपत्र लेख्नु पर्दा जान्ने मानिस खोज्दै हिँड्नुपर्ने उक्त क्षेत्रमा विसं २०३३ यता खुलेको विद्यालयले सावाँ अक्षर मात्र सिकाउन सफल भए पनि शिक्षाको गुणस्तर सुधार तथा पढ्नुपर्छ भन्ने जागरण बढेको छ ।  अहिले विद्यालयका प्रधानाध्यापकसमेत स्थानीयस्तरमै उत्पादन भइसकेको छ ।

वडा नं १ मा माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण गर्नेको सङ्ख्या सयाँैको हाराहरीमा पुग्न थालेको र केहीले उच्च शिक्षासमेत अध्यायन गरिरहेको वडाध्यक्ष तमाङले जानकारी दिनुभएको छ ।बीस भन्दाबढी स्थानीयले  रोजगारीमा रहेका र उनीहरू वडा सचिव, शिक्षक जस्ता पदमा सेवा गरिरहेको वडा कार्यालयले जनाएको छ ।

यस्तै नौकुण्डको अन्य वडामा पर्ने यार्सा, युब्रा, गाङभर, लारच्याङ, पारच्याङ, दारघारी, पाटीखर्क, सरमथली, दनुस्वाँरा, भोर्ले चित्तीलगायतका गाउँको टोलटोलमा सडक सञ्जाल जोडिसकेको छ । नयाँ खोलिएका सबै मोटरबाटो दिगोपन बनाउन ठाउँ ठाउँका खोला खोल्चाखाल्चीमा पुलपुलेसा, नाली, टेवा पर्खाल र कालोपत्र गराउने कामलाई प्राथमिकता दिइएको गाउँपालिकाले  जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी