२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शवदाह गृह बिग्रिँदा…

२०७८, २९ बैशाख बुधबार ०२:१५

वैशाख २९, काठमाडौँ | काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको थियो। तर, दुइटा मेसिनले मात्रै धान्न नसकेपछि बागमती खोला किनारमा पनि ३० वटा चिता बनाएर शव जलाउन सुरु गरिएको छ। शवदाह गृहको एउटा मेसिन बिग्रिएर थन्किएको छ। उक्त मेसिन मर्मतका क्रममा रहेको जनाइएको छ। 

पशुपति क्षेत्र विकास कोषअन्तर्गत शवदाह गृहका प्रमुख सुवास कार्कीका अनुसार कोरोना संक्रमित शवलाई निःशुल्क रूपमा विद्युतीयमा जलाउने गरिन्छ। प्रक्रिया पुर्‍याएर आएका सबै शव जलाउने गरिएको कार्कीको भनाइ छ। 

दैनिक ७५–८० वटा शव आउँदा मेसिनले मात्रै धान्दैन। एउटा शव जलाउन करिब डेढ घण्टा लाग्छ। शव एकैचोटी ५–६ देखि १५ वटा आउने गर्छ। त्यहाँमाथि भएन तीन–चारवटा गाडी एकैचोटी आउँछ’, कार्कीले भने, ‘हामीले व्यवस्थापन त गर्नुपर्‍यो अरू चिता बनाएर। अस्ति ८२ वटा शव आएका थिए हिजो ७५ वटा आए। आज करिब ७९ वटाका लागि खबर आइसक्यो। यत्रो शव दुइटा मेसिनले मात्रै कसरी जलाउन सक्नू ?’ 

उनका अनुसार शव बाहिर जलाउँदा पनि पूरै सावधानी अपनाउनुपर्छ। ‘दाउरा र मेसिन दुवै ठाउँमा स्वास्थ्य मापदण्डअनुसार नै शव जलाउने काम हामीले गरिरहेका छौं’, उनले भने, ‘हामीले जति आउँछन् शव तिनलाई सकेसम्म जलाउने काम नै गरेका छौं। हाम्रो चाहना शवको संख्या नबढोस् भन्ने हो। आएकोलाई त दाहसंस्कार गर्नै पर्‍यो।’

संक्रमितको शव दाहसंस्कारमा आवश्यक सामग्री आफूहरूले उपलब्ध गराउँदै आएको उनले सुनाए। ‘हामीले कसैबाट रकम लिएका छैनौं। कोभिड–१९ भन्दा बाहेक मृत्यु भएर आएका शवको दाहसंस्कारको नियमानुसार लाग्ने खर्च त लाग्ने नै भयो’, उनले भने। 

उनका अनुसार सेनाले शव ल्याएर हस्तान्तरण गर्छ। ‘त्यसको सबै व्यवस्थापन हामीले नै गर्छौं। सेना र हामी मिलेर नै काम गरिरहेका छौं। सेनाको हेल्प डेस्क पनि छ। जलाउनेदेखि यहाँको व्यवस्थापन हामीले गर्छौं। उहाँहरूले ल्याएर चितासम्म राखिदिनुहुन्छ’, उनले भने, ‘जनशक्ति चाहियो भने उहाँहरू पनि सहयोग गर्नुहुन्छ। चिता बनाउनेदेखि जलाउने काम हाम्रो मानिसले गर्छन्। भ्याएनन् भने मात्रै सेनाले सहयोग गर्छन्। अहिले मसहित ३५ जना जनशक्ति खटिएका छौं शव जलाउनकै लागि।’ 

उनले आर्यघाटमा शव जलाउँदा संक्रमण नफैलने बताए। अरू शव जलाउँदा वातावरणमा जति असर पर्छ कोरोना सक्रमितको जलाउँदा पनि उही असर पर्ने उनको भनाइ छ। ‘जसरी पनि सुरक्षाका सामग्री अपनाएर काम गर्नुपर्‍यो’, उनले भने।

कोभिड सङ्क्रमणका कारण विभिन्न ठाउँमा मृत्यु भएका सर्वसाधारण दाह संस्कारका लागि पशुपतिस्थित विद्युतीय शव दाहगृहमा ल्याइँदै सुरक्षाकर्मी । तस्वीरः रत्न श्रेष्ठ/रासस

चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका पूर्वडिन जगदीश अग्रवालका अनुसार कोरोना सक्रमितको मृत शरीरबाट पनि संक्रमण हुनसक्छ। ‘मृत शरीरबाट निस्किएका बढी फ्लु, र्‍याल, सिगान, थुकका छिटालगायत लुगा कपडाबाट पनि कोरोना अर्को व्यक्तिलाई सर्न सक्छ’, अग्रवालले भने। 

- यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो