रोमानिया, अल्बानिया र दुबई रोजगाको प्रलोभनमा योजनाबद्ध ५१ लाख ठगि (भिडियो सहित)

Posted on: 24 Sep, 2024

असोज ७, काठमाडौँ । वैदेशिक रोजगारमा पठाउने प्रलोभनमा कयौं युवाहरुसँग डेढ बर्षदेखि अबैध ५१ लाख भन्दा बढी रकम अशुली गरेर ठगि गरेपछि युवाहरुले म्यानपावर घेरेका छन् । काठमाडौँ सामाखुसी स्थित एसोसीएट वेलकम इन्टरनेशनल प्रा.लि.मा युवाहरुले सोमबार म्यानपावरका म्यानेजर बताउने राजेश अधिकारीलाई घेराउ गर्दै धरपकड गरेका हुन् ।


सोमबार म्यानपावरमा पुगेका २१ जना पिडित सहित पीडितका आफन्तले सम्पर्क बिहिन बनेका म्यानपावर संचालक हरि प्रसाद अधिकारी र उनकी श्रीमती मधु तिमल्सिना अधिकारीलाई तत्काल म्यानपावर झिकाउन दवाब दिएका छन् । रोमानिया, अल्वानिया, दुबई लगायत देशमा रोजगारमा पठाईदिने प्रलोभन देखाई सम्बन्धित म्यानपावरले युवाहरुबाट प्रतिव्यक्ति ४ लाख ५० हजारसम्म अग्रिम अशुली गरेर १६ महिनादेखि झुलाएको पाइएको छ ।

सम्बन्धित म्यानपावरले सरकारबाट स्वीकृतिनै नलिएको डिमाण्डमा समेत वैदेशिक रोजगारमा पठाईदिने भन्दै रकम अशुली गरेको पाइएको छ । म्यानपावरले रकम अशुली गर्दा संचालककि श्रीमती र अन्य तेश्रो व्यक्तिको बैंक खाता अपचलन गरेको पाइएको छ । पीडीतहरुबाट प्राप्त जानकारी तथा प्रमाणका आधारमा २१ जना पीडितहरुले म्यानपावरको निर्देशन अनुसार ५० लाख ६३ हजार बिभिन्न व्यक्तिलाई बुझाएको प्रमाण सहितको कागजात पिडितहरुसँग छ । 

बिभागमा यस अघिनै पीडितहरुले सम्बन्धित म्यानपावर बिरुद्ध उजुरी दिएका छन् । उजुरी पछि म्यानपावर संचालक हरि प्रसाद अधिकारिकि श्रीमती मधु तिमल्सिना अधिकारीको नाममा पक्राउ पुर्जी समेत जारी भएको छ ।  तर बिभागका अनुसन्धान अधिकारीसंग पीडित युवाहरुले म्यानपावरकै निर्देशन अनुसार मधु तिमल्सिना अधिकारीको खातामा पैसा जम्मा गरिएको भन्दै त्यसलाई प्रमाणित गर्ने कागजात समेत पेश गर्दा बिभागले अनदेखा गरेको आरोप लगाएका छन् । यो ठगि प्रकरण योजनाबद्ध रहेको भन्दै बिभागसँग म्यानपावरको समेत मिलिमतो रहेको तथा संचालककै श्रीमतीको खाता प्रयोग भएको सम्बन्धमा पीडितहरुले ध्यानाकर्षण गराउँदा बिभागके अनदेखा गरेको आरोप लगाएका छन् । बैदेशिक रोजगारको प्रलोभनमा बर्षौं देखि भईरहेको यस्ता बेथिति नियन्त्रणमा बैदेशिक रोजगार बिभाग गुपचुप बस्नुले बिभाग माथिनै प्रश्नचिन्ह उठ्ने गरेको छ ।  

यस सम्बन्धित पुरा भिडियो रिपोर्ट हेर्नुहोस्: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!