यूएईका नेपाली कामदारमा झै-झगडा गर्ने प्रवृत्ति बढेपछि...

Posted on: 08 Aug, 2024

साउन २४, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूमा मादक पदार्थ पिएर झैझगडा गर्ने प्रवृत्ति बढेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले सूचना जारी गरी सचेत गराएको छ। 

सूचनामार्फत दूतावासले नेपालीहरूलाई आफू बस्ने र काम गर्ने ठाउँमा सभ्य व्यवहार प्रदर्शन गर्न अनुरोध गरेको छ। 

‘हालका दिनमा नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको जानकारी यहाँको सम्बन्धित निकायबाट प्राप्त हुन आएको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्समा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू नेपालका सद्‌भावना राजदूतका रूपमा रहेको हुँदा आफू रहे/बसेको र कार्य गर्ने स्थलमा सभ्य व्यवहार प्रदर्शन गर्न नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ।’

यस्तै दूतावासले आफ्नो कार्यालय परिसर बाहिर पनि मादक पदार्थ खाएर वा नखाई हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको पाइएको भनी कारबाही हुने चेतावनी पनि दिएको छ।

यस्तो छ दूतावासको पूरा सूचना-


यस बिषयमा तपाइको प्रतिक्रिया...!