प्रसाईंलाई पक्राउ गर्न प्रहरी: एक घण्टासम्म ढोका नखुलेपछि कम्पाउन्डबाट भर्‍याङ लगाएर प्रवेश

Posted on: 22 Sep, 2024

असोज ६, काठमाडौं । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ। साइबर व्युरोको टोलीले डीएसपीको नेतृत्वमा भक्तपुरस्थित कमेरोटारमा रहेको प्रसाईंको घरमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले प्रारम्भमा तीन मिनेटभित्र ढोका खोल्न भने पनि एक घण्टासम्म ढोका नखोलिएपछि प्रहरी बलले घर कम्पाउन्डमा भर्‍याङ लगाएर प्रवेश गरेको थियो।


प्रसाईंले प्रहरीसँग असहयोग गर्दै अपशब्द प्रयोग गरेका थिए भने उनका अंगरक्षकहरूले हातपात गरेका थिए। उनीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउका लागि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई गत साता नै प्रसाईं र उनका दुई युट्युबर साथीहरू, प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

उनीहरूविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य टीका संग्रौला र केही महिलाहरूले साइबर अपराधसम्बन्धी उजुरी दिएका थिए। उजुरीमा विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने, वेश्यावृत्तिका आरोप लगाउने, र आपत्तिजनक अभिव्यक्ति दिने गरेको आरोप रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!