दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश राउतको इजलासमा सुनुवाइ हुने

Posted on: 24 Sep, 2024

असोज ८, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइका लागि पेसी तोकिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा उक्त रिट निवेदन सुनुवाइ हुने भएको हो । दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।

दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनीहरूविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य टीका संग्रौला र केही महिलाहरूले साइबर अपराधसम्बन्धी उजुरी दिएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!