मलेसियामा सुपरभाइजरद्वारा नेपाली कामदार कुटिए (भिडियो सहित)

Posted on: 08 Nov, 2022

कात्तिक २२, काठमाडौँ । मलेसियास्थित सुंगाई पातेनीमा रहेको एक कम्पनीमा नेपाली कामदार कुटिएका छन् । Lypometal Sdn Bhd कम्पनीमा गत ७ बर्ष देखि काम गर्दै आएका एक जना नेपाली कामदारलाई कम्पनीकै सुपरभाइजरले कुटपिट गरि घाइते बनाएका हुन् । 

सोमबार बेलुका भएको घटनामा घाइते हुने नेपाली बोबी गुरुङ हुन् । उनिमाथि कुर्सि प्रहार हुँदा टाउकोमा चोट लाग्नुको साथै हात भाचिएको गुरुङसंगै काम गर्ने एक नेपालीले बताए । नेपालीमाथि कुर्सि प्रहार गर्ने सुपरभाइजर मलेसियाका लोकल तमिल हुन् । कम्पनी आसपासनै उनीहरु बस्ने हुँदा उक्त कम्पनीमा कार्यरत नेपालीहरु त्रसित छन् ।

सयौंको संख्यामा नेपाली कामदार रहेको उक्त कम्पनीमा नेपाली कामदारहरुलाई सामान्य काम बिग्रिदा पनि दैनिकजसो सुपरभाइजरले कुट्दै आएका थिए । ति कामदारका अनुसार नेपालको डी प्रोटोन म्यानपावरबाट मलेसियाको उक्त कम्पनिमा पुगेका नेपालीहरुको अहिले समस्यामा छन् । नेपालबाट दुई बर्षको करार अवधि भनि पठाइएकाहरुलाई कामदारहरुको इच्छा बिपरित कन्ट्रयाक थप्न लगाई जबर्जस्ति तीन बर्षको सम्झौता गराइएको नेपालीहरुको गुनाशो छ । पछिल्लो समय पनि उक्त कम्पनीमा नेपाली कामदारहरु पुगेका छन् । कम्पनीको कारण कामदारको रुपमा आएका केहि नेपालीहरुले काम समेत छोडेर नेपाल फर्किएको एक नेपालीले बताए । 

सोहि कम्पनीमा कार्यरत एक नेपालीका अनुसार उक्त कम्पनीमा नेपालबाट कामदार जाने क्रममा नेपाल स्थित म्यानपावर कम्पनीलाई एक लाख ९० हजार देखि २ लाख ५० हजारसम्मको चर्को अशुली गर्ने गरिएको छ । चर्को अशुली लिएर कामदार पठाइएपनि बेसिक ड्युटी साढे ९ घन्टा गर्नु परेको छ भने सम्झौता अनुसार तलब समेत प्राप्त नभएको एक नेपालीले गुनाशो गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!