१६ वर्षअघि हत्या गरेरे सिमेन्टमुनि गाडेको अवस्थामा शव फेला, प्रेमि पक्राउ

Posted on: 24 Sep, 2024

असोज ८, काठमाडौँ । दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेरे सिमेन्टमुनि गाडेको शव हालै भेटिएकाे छ।

उनले प्रेमिकाको शवलाई आफ्नो बालकोनीमा सिमेन्टको तहमुनि गाडेको आफैले स्वीकार गरेका छन् भने ती पुरुषलाई प्रहरीले मंगलबार पक्राउ गरेकाे छ।

ग्योङ्गनाम प्रान्तीय प्रहरी र गेओजे प्रहरी चौकीका अनुसार हाल ५० वर्ष उमेरका ती पुरुषलाई सन् २००८ अक्टोबरमा एउटा झगडाका क्रममा महिलाको हत्या गरेको आरोप लगाइएको छ।

प्रहरीका अनुसार उनले महिलालाई कुनै भुत्ते हतियारले प्रहार गरी हत्या गरे र उनको शरीरलाई एउटा ठूलो झोलामा राखे।


त्यसपछि उनले शवलाई आफ्नो बालकोनीमा इँटा थुपारेर १० सेन्टिमिटर मोटो सिमेन्टको तह खन्याएर लुकाए। ती महिला आफ्नै परिवारसँग सम्पर्कमा नभएकाले तीन वर्षपछि मात्र हराएको रिपोर्ट गरिएको थियो।

सन् २०११ मा हराएको व्यक्तिको जाँचका क्रममा ती पुरुषले प्रहरीलाई उनीहरूको ‘ब्रेकअप’ भएको बताएका थिए र प्रमाणको अभावमा मुद्दा सुल्झिएको थिएन।

शवलाई सानो बालकोनीको स्थानमा फिट गरिएको र त्यो कोठा ‘सन् २०१६ देखि लगभग खाली’ रहेकाले शवको खोजी पहिले नगरिएको एक प्रहरी अधिकारीले पत्रकारहरूलाई बताए।

त्यसवर्ष अपराधीलाई लागूऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो र घरधनीले उक्त सम्पत्ति भण्डारण स्थानका रूपमा प्रयोग गरिएको बताएका थिए।

गत महिना पानी चुहावटको खोजी गर्दा एक कामदारले झोला फेला पारेपछि शव भेटिएको थियो। निरीक्षण गर्दा प्रहरीले महिलाको शव ‘केही हदसम्म संरक्षित’ भएको पाएको थियो।

‘शरीर पूर्णरूपमा हाडखोरमा परिणत नभएकाले हामीले औँठाछापमार्फत उनको पहिचान गर्न सक्यौँ’, प्रहरीले भनेको छ। ती पुरुषलाई सोधपुछका लागि ल्याइएपछि अन्ततः उनले हत्या स्वीकार गरेका थिए। प्रहरीले ती पुरुषलाई ‘अभियोजनका लागि पठाइने’ बताएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!