खोटाङबाट गाईघाट जाँदै गरेको जिप दुर्घटना

Posted on: 24 Sep, 2024

असोज ८, काठमाडौँ । दिप्रुङ चुइचुम्मा गाउँपालिका पञ्चमीबाट गाईघाट जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । 

उदयपुरको रौतामाई गाउँपालिका–५ पोखरीमा ग १ ज ७९२१ नम्बरको जिप मंगलबार दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दिउँसो पौने १२ बजे भएको दुर्घटनामा दिप्रुङ चुइचुम्मा–५ की ४५ वर्षीया सीता खड्का र २९ वर्षीया निर्मला राउत घाइते भएकी छन् । उनीहरूको गाईघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते दुवैका अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!