दुर्गा प्रसाईको नागरिक प्रतिरक्षा दलका संयोजक पक्राउ

Posted on: 24 Sep, 2024

असोज ८, काठमाडौँ । पूर्व–पश्चिम राजमार्गमा ट्रकमा आगजनीको आरोपमा दुर्गा प्रसाईको नागरिक प्रतिरक्षा दल (पीडीएफ)का झापा जिल्ला संयोजक भीम तुम्बापोलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार मध्यान्न १२ बजे शिवसताक्षी नगरपालिका-१ धरमपुर बजारमा हिडडुल गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।


प्रहरी प्रवक्ता कृष्ण चन्दका अनुसार तुम्बापोलाई तीनवटा भारतीय ट्रकमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो। बन्दको क्रममा प्रसाईंका समर्थकहरूले ६ वटा मोटरसाइकलमा आएर कच्चा पदार्थ बोकेको ट्रकमा आगजनी गरेका थिए। यो बन्द मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा गरिएको थियो। प्रसाईंलाई प्रहरीले झापा कन्काई नगरपालिका ८ बिरिङ पुल नजिक दुई ट्रकमा आगजनी गरेको आरोपमा हिजो पक्राउ गरेको थियो।

तुम्बापोलाई ईलाका प्रहरी कार्यालय, झिलझिले झापाबाट खटिएको टोलीले पक्राउ गरी अनारमनी प्रहरी कार्यालयमा बुझाएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!