साफ यू १६ महिला फुटबल: आज नेपालले बंगलादेशको सामना गर्दै

Posted on: 02 Mar, 2024

फागुन १९, काठमाडौं | नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ ।

यो खेल  ललितपुरस्थित च्यासल मैदानमा अपराहन्न ३ बजे देखि शुरू हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियाे ।  प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुदै छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।

नेपाली टिम:

गोलरक्षक: रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान  र लक्ष्मी ओली ।

डिफेन्डर: दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो ।

मिडफिल्डर: भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ । 

स्ट्राइकर: पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चक्र तामाङ छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!