नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

Posted on: 02 Mar, 2024

फागुन १९, काठमाडौँ | जारी ट्राइनेशन टी–२० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।

सिरिजमा नेपालले यसअघि नामिबिया र नेदरल्याण्डसँग समान १–१ हार बेहोरेको छ । यसबाहेक, हिजै सम्पन्न खेलमा भने नामिबियाविरुद्ध ३ रनको रोमाञ्चक जित निकालेर २ अंक बटुल्दै प्रतियोगिताको दोस्रो स्थानमा छ । सिरिजको २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंक बटुलेको नेदरल्याण्ड्सविरुद्ध जित निकालेमा नेपालको फाइनल यात्राको सम्भावना बलियो बन्नेछ ।

खेल ११:३० देखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपालमा आइसिसी लिग–२ खेल्न आएका नामिबिया र नेदरल्याण्ड्सले यही वर्ष अमेरिका र क्यानडामा हुने विश्वकप प्रतियोगिताको तयारीस्वरुप सिरिज खेलिरहेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!