पहिलो ओभरमै नेपाले लियो नेदरल्याण्ड्सको दोस्रो विकेट

Posted on: 02 Mar, 2024

फागुन १९, काठमाडौँ | कीर्तिपुर क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमा नै दोस्रो सफलता मिलेको छ । बलिङका लागि आएका करण केसीले दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन् ।

पहिलो ओभरमा ४ रन खर्चेर करणले नेदरल्याण्ड्सका ओपनर मिकेल लेभिटलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराए । भने सोहि ओभरको अन्तिम बलमा साइब्राण्ड इंगेलब्रेक्टलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!