Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

एनआरएनए एकताको प्रयासमा पूर्व अध्यक्ष शेष घले नेतृत्वमा बैठक सम्पन्न (भिडियो)

२०८१, ४ मंसिर मंगलवार १९:५१

काठमाडौँ । गैर आवासीय नेपाली संघ ‘एनआरएनए’ को एकताको प्रयासमा पूर्व अध्यक्ष शेष घले नेतृत्वमा बालुवाटार स्थित नेपाल हाउसमा बैठक सम्पन्न भएको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार एनआरएनएको एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष शेष घलेलाई बद्री केसी पक्षले असहयोगको नीति लिएपछि एनआरएनको बालुवाटार स्थित कार्यालयमा मंगलबार दिउसो आफ्नै कार्यालयमा बैठक बस्न सकेन । एनआरएनको कार्यालयमा बैठक बस्न नपाएपछि पूर्वअध्यक्ष घलेले बालुवाटार स्थित नेपाल हाउसमा बैठक राखेका थिए । दुईघण्टा चलेको उक्त बैठकपछि बिभिन्न तीन निर्णय लिईएको पुर्व अध्यक्ष घलेले जानकारी दिएका छन् ।

बालुवाटारस्थित कार्यालयबाट एकपक्षीय गतिविधि गर्दै आएको केसी पक्षले पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा आउने जानकारी पाएपछि कार्यालय बन्द गरेर बूढानीलकण्ठस्थित एक रिसोर्टमा पुगेको बताइएको छ । पुर्व अध्यक्ष घलेलाई असहयोग गर्ने नीतिअनुसार केसी पक्षले एनआरएनको केन्द्रिय कार्यालयमा ताला लगाएर गएको बुझिएको छ ।

झण्डै तीन वर्षयता जारी एनआरएनएको विवादमा सर्वोच्च अदालतले गत चैत २१ मा घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउन आदेश दिएको थियो । परराष्ट्र मन्त्रालयको पत्रअनुसार एकताको महाधिवेशन गराउने उदेश्यले पुर्व अध्यक्ष घलेले पहिलो बैठक आफ्नै कार्यालयमा राख्न लाग्दा केसी पक्षले कार्यालयनै बन्द गरेर असहयोग गरेको हो । हाल एनआरएनए बिभिन्न तीन पक्षमा टुक्रिएको अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली