सवारीले अंगभंग बनाएमा वा मारेका लाइसेन्स खारेज

साझासवाल
1 Min Read

<p><img src="http://sajhasabal.com/uploads/posts/243a0feb969159557bf8fbb247168cf21477530294.jpg" style="width: 440px; float: left;"><b>कात्तिक ११, काठमाडौँ |</b> भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भएम चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ ।&nbsp;<br></p><p>सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी चालकलाई आफ्नो पेसाप्रति जिम्मेवार र उत्तरदायी बनाउन यस्तो व्यवस्थाको तयारी गरेको मन्त्रालयले जनाएको छ ।</p><p>यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन प्रस्ताव गरी मन्त्रालयमा पठाएको एक उच्च अधिकारीले बताए । ‘संशोधनका लागि मस्यौदा पठाइएको छ,’ ती अधिकारीले भने, ‘विभिन्न निकायसँग छलफल जारी छ, सदनमा चाँडै पठाइन्छ होला ।’ संसदबाट पारित भए उक्त प्रस्ताव ऐनमा परिवर्तन हुनेछ । – कान्तिपुर दैनिक &nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply