कात्तिक २५, काठमाडौं । नेपालमा रक्तचन्दन तस्करीको नयाँ शैली अपनाइएको तथ्य बाहिर आएको छ ।

बहुमूल्य मानिएको प्रतिबन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाइ तस्करी गर्ने दुई जना तेलसहित पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो ।

प्रहरीका अनुसार राजनीतिक र प्रशासनिक आडमा मौलाएको रक्तचन्दन तस्करीमा कडाइ गरेपछि तस्करहरुले अब तेल बनाएर रक्तचन्दन तस्करीको धन्दा अघि बढाएका हुन् ।

भारतबाट चीनतर्फ तस्करी गर्न लागेको रक्तचन्दनको तेलसहित कीर्तिपुर प्रहरीले खोटाङ खाल्टे–७ का चन्द्रकुमार केसी र काभ्रे जैसीथोकका फणीन्द्र भट्टराईलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ९० लिटर रक्तचन्दनको तेल बरामद भएको छ । प्रहरीका अनुसार अभियुक्तले रक्तचन्दनको तेल बनाएर भारतबाट चीनतर्फ तस्करी गर्न लागेका हुन् । -राजधानी दैनिक