2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा स्थानीय निकाय पुनःसंरचनाको विरोधमा र्याली

कात्तिक २५, सोलुखुम्बु । सोलुखुम्बुको नेचाबेतघारी र नेचाबतासेका बासिन्दाले स्थानीय निकायको पुनःसंरचना आफूहरुको भावना विपरीत भएको भन्दै यार्लीसहित बजार परिक्रमा गरेर जिल्ला विकास समिति सोलुुखुम्बुमा बुधबार धर्ना दिएका छन् । 

उनीहरुले ती दुई गाविसका एक हजारभन्दा बढी मानिसको हस्ताक्षरसमेत जिविसमा बुझाएका छन् । गाउँपालिका बनाउँदा नेचाबतासे, नेचाबेतघारी र पञ्चन गाविसलाई गाभेर एउटा गाउँपालिका बनाउनुपर्ने र त्यसको केन्द्र नेचाबेतघारीमा रहनुपर्ने आफूहरुको माग रहेको भए पनि प्राविधिक समितिले पञ्चनलाई अन्यत्र लगेर तिंला गाविस मिसाई सल्यानमा केन्द्र राखेको उनीहरुको भनाइ छ । 

ठूलो सङ्ख्यामा कालो झन्डासहित आएका त्यहाँका बासिन्दाले सिफारिस गरिएको निर्णय नसच्याउन्जेल जिविसअघि धर्ना बस्ने सो टोलीको नेतृत्व गरिरहेका नेकपा ९एमाले० सोलुखुम्बुका जिल्ला सदस्य जगनाथ बास्तोलाले बताउनुभयो । 

यस्तै, नेपाली काँग्रेस सोलुखुम्बुले पनि बुधबार विज्ञप्ति जारी गर्दै नेचाबासीको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । 

यसैगरी, आफूहरुलाई दूधकुण्ड नगरपालिकामा मिलाएर भौगोलिकरुपमा निकै कष्ट उत्पन्न गराएको भन्दै जिल्लाको केरुङ, टाप्टिङ र गोराखानीका बासिन्दाले पनि विरोध गरेका छन् । सिफारिस गरिएको संरचनामा चित्त नबुझेकाले मागपत्र बुझाएको र त्यसलाई जस्ताको तस्तै आयोगमा पठाउने प्राविधिक समितिका सदस्य एवम् जिविस सोलुखुम्बुका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

जिविसले गत सोमबार एक नगरपालिकासहित आठवटा स्थानीय निकाय रहने गरी खाका पुनःसंरचना आयोगमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो